धादिङमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

622 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,४ मंसिर ः संविधान सभा निर्वाचन धादिङ जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाको पचासवटै गाविसमा रहेका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।SAM_1267 SAM_1254 धादिङ जिल्लाको तीन वटा निर्वाचन क्षेत्रमा १ सय १० वटा मतदानस्थलमा रहेका २ सय ५१ स्थायी र ४ वटा अस्थायी मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको हो । सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटीकाहरु सदरमुकाम आईसकेको छ भने वांकी रहेका स्थानवाट पनि रातभरीमा मतपेटीका आईसक्ने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लाभरीका मतपेटीका संकलन भईसकेपछि तत्काल मतगणना कार्य शुरु गरिने वताईएको छ ।
धादिङ जिल्लाको क्षेत्र नम्बर १ मा ९१ वटा र क्षेत्र नम्बर २ मा ९१ र क्षेत्र नम्बर ३ मा ९३ वटा स्थायीमतदान केन्द्र रहेको छ । कुलमतदाता एक लाख ७१ हजार ३१ मतदाता रहेको धादिङ जिल्लामा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख रामकृष्ण अर्यालले वताएका छन । धादिङ जिल्लाको विभिन्न गाविसमा रहेका मतदान केन्द्रहरुमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका पर्यवेक्षकहरुको उपस्थिती रहेको थियो । धादिङमा क्षेत्र नम्बर १ मा ११ जना दलवाट र ५ जना स्वतन्त्र,क्षेत्र नम्बर २ मा १८ जना दलवाट र ७ जना स्वतन्त्र र क्षेत्र नमबर ३ मा २० जना दलवाट र ६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन ।