आंफैलाई भोट दिएनन नौ उम्मेदवारले

580 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/प्रत्यक्ष तर्फ धादिङ क्षेत्र नम्बर २ र ३ वाट उम्मेदवार वनेका नेपाल मजदुर किसान पार्टीका दुवै जना धादिङ जिल्ला वाहिरका हुन । मजदुर किसान पार्टीवाट पहिलो पटक धादिङ जिल्लामा उम्मेदवारी परेको हो । दुवैजना उम्मेदवार भक्तपुर जिल्ला निवासी हुन । धादिङ जिल्लाको क्षेत्र नम्बर २ बाट भक्तपुरका राजेन्द्र चवाल र क्षेत्र नम्बर ३ वाट देव त्वनावसुको उम्मेदवारी परेको भएपनि यस पटकको संविधान सभा निर्वाचनमा दुवैजनाले आफुलाई मत दिन पाएनन । चवाल र त्वनावसुमात्रै होइन धादिङ जिल्लावाट संविधान सभाको निर्वाचनमा उम्मेदवारी दिएका सात जना उम्मेदवारले आफैलाई मत दिन पाएनन ।
धादिङ जिल्लाकै क्षेत्र नम्बर ३ वाट उम्मेदवारी दिएका शिव सेना नेपाल पार्टीका सानुकान्छा लामा तामाङ जिल्लाकै केवलपुर गाविसका हुन भने राष्ट्रवादी जनता पार्टीका उम्मेदवार शुरेश कुंवरको घर काठमाण्डौ हो भने,संघिय गणतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार टेकबहादुर तामाङ जिल्लाकै कटुञ्जे गाविसका वासिन्दा हुन । त्यसैगरी शान्ति पार्टी नेपालका तर्फवाट उम्मेदवारी दिएका नवराज अर्याल पनि मकवानपुर जिल्लाका हुन । ६ जना स्वतन्त्र र विभिन्न २० वटा दलका गरी २६ जनाको उम्मेदवारी परेको धादिङ क्षेत्र नम्बर ३ मा ५ वटा दलका उम्मेदवारले आंफैलाई मत दिन मत दिन पाउने छैनन । मत दिनका लागि मतदाता कायम भएको स्थानमा पुग्नुपर्ने व्यवस्था रहेको थियो ।
धादिङको क्षेत्र नम्बर २ मा पनि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार राजेन्द्र चवाल,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार अप्स्।रा पन्त र राष्ट्रिय एकता पार्टीका उम्मेदवार कृष्णप्रसाद पाण्डे पनि आफ्नो निर्वाचन क्षेत्रका मतदाता होइनन । चवाल भक्तपुर जिल्लाका हुन भने पन्त र पाण्डेको मतदाता जिल्लाकै त्रिपुरेश्वर गाविसमा रहेको थियो । पन्त र पाण्डे श्रीमान श्रीमती हुन । फरक फरक पार्टीवाट उम्मेदवारी दिएका पाण्डे र पन्तले यस पटक आफ्नो चुनाव चिन्हमा मत दिन पाएनन । श्रीमान श्रीमतीनै चुनावी प्रतिष्पर्धामा रहेको भएपनि दुवैजनाले चुनाव प्रचार प्रसारमा भने खासै सक्रियता देखाएका थिएनन । धादिङ क्षेत्र नम्बर २ वाट सदभावना पार्टीवाट उम्मेदवारी दिएका सुर्यवहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टीवाट धादिङ क्षेत्र नम्बर ३ वाट उम्मेदवारी दिएका कान्छा लामा तामाङ एमाओवादीमा प्रवेश गरेका कारण उनीहरुदुवै जनाले पनि आफ्नो चुनाव चिन्हमा मतदान गरेनन । क्षेत्र नम्बर २ मा ७ जनाले स्वतन्त्र र १८ जनाले दलवाट उम्मेदवारी दिएका छन ।
क्षेत्र नम्बर १ मा भने एक जना उम्मेदवार पनि क्षेत्र वाहिरका छैनन । यस क्षेत्रवाट पांच जना स्वतन्त्र र ११ जनाले दलवाट उम्मेदवारी दिएका छन ।