बिकटका ५ गाबिसका मतपेटिका सदरमुकाम आईपुग्यो

665 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/धादिङ जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने बिकटका ५ गाबिसका मतपेटिका सदरमुकाम आईपुग्यो । बिकटका गाबिसबाट मतपेटिका आईपुग्न ढिला हुँदा १ नम्बर क्षेत्रको मतगणना कार्य सुरु भएको थिएन ।धादिङ जिल्लाको  अती बिकटमा रहेका तिप्लिङ, सेर्तुङ,लापा, रि र झार्लाङ गाबिसबाट मंगलबार मतदान सम्पन्न भएपछी सुरक्षाकर्मीको सहयोगमा मतपेटिका सदरमुकाम ल्याइदै गरिएको थियो । बुधवार राती ८ बजे पांच वटै गाबिसको मतपेटिका सदरमुकाम आईपुगेको हो ।