निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई निर्वाचन अधिकृतको कार्यालयबाट धन्यवाद व्यक्त

530 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, ८ मंसिर ः मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।SAM_1530
शनिवार जिल्ला विकास समितिको सभाकक्षमा पत्रकार सम्मेलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले संविधान सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको हो । प्रत्यक्ष र समानुपातिक तर्फको सम्पूर्ण मतगणना सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमानै पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेल,निर्वाचन अधिकृतहरु ध्रुवकुमार उप्रेती र श्रीप्रसाद संजेलद्धारा संयुक्तरुपमा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले धादिङ जिल्लाका राजनैतिक दल,मतदाता,आम नागरिक,राष्ट्रसेवक,कर्मचारी तथा शिक्षक,सुरक्षा निकाय,राष्ट्रिय एवम अन्र्तराष्ट्रिय पर्यवेक्षकलाई हार्दिक धन्यवाद व्यक्त गरेको हो ।