निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई नेकपा एमाले धादिङले दियो धन्यबाद

698 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ/संबिधान सभा निर्वाचन २०७० मा  धादिङ जिल्लाको ३ वटै क्षेत्रमा बिजय हासिल गरेर नयाँ ईतिहास कायम गरेको  नेकपा एमाले धादिङले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेको छ् । एमाले धादिङलाई उचाईमा लैजान सफल हुनुभएका   एमाले धादिङका  अध्यक्ष खेमप्रसाद लोहनीले संबिधान सभा निर्वाचन २०७० मा  उत्साहका साथ सहभागि भएर र आफ्नो अमुल्य मत दिएर धादिङका मतदाताले नेकपा एमालेको काँधमा ठूलो जिम्मेवारी सुम्पिएको बताउदै आम मतदाताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भ्एको हो  । धादिङको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवाहरुलाई  विजयी गराई दिइएको महान जिम्मेवारीलाई पूरा गर्न नेकपा एमाले र एमालेका विजयी उम्मेदवारहरु अहोरात्र लागिरहने अध्यक्ष लोहनीले बताउनु भएको छ ।

प्रस्तुत छ लोहनी द्वारा जारी प्रेस विज्ञप्तीको पूर्ण रुप

  जनताको बहुदलीय जनवाद–जिन्दावाद
नेपाल कम्युनिष्ट पार्टी
(एकिकृत माक्र्सवादी–लेनिनवादी)
जिल्ला कमिटी, धादिङ ।
मिति ः २०७०÷०८÷०७

                                                                       प्रेस विज्ञप्ती
नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित गरी सवल र समृद्ध संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान निर्माण गर्ने उद्देश्यका साथ २०७० मंसिर ४ गते अर्को संविधानसभाको निर्वाचन धादिङमा पनि शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । सम्पन्न संविभानसभाको निर्वाचनले मुलुकमा दिगो शान्ति स्थापना गर्न महत्वपूर्ण बल मिलेको हामीले विश्वास गरेका छौं ।
यस महान कार्यमा अत्यन्त उत्साहका साथ सहभागि भएर र आफ्नो अमुल्य मत दिएर धादिङका मतदाताले नेकपा एमालेको काँधमा ठूलो जिम्मेवारी सुम्पिनु भएको छ । यसका लागि आम मतदाताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । तपाईहरुको मतले धादिङको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवाहरुले विजय प्राप्त गरिसक्नु भएको छ । तपाईहरुले दिएको यो महान जिम्मेवारीलाई पूरा गर्न नेकपा एमाले र एमालेका विजयी उम्मेदवारहरु अहोरात्र लागिरहनेछन् भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।
अर्को संविधानसभाको निर्वाचनमा नेकपा एमाले धादिङका उम्मेदवारहरुलाई विजयको शिखरमा पु¥याउन प्रचार प्रसारका साथै सांगठनिक कार्यमा सक्रियतासाथ दिनरात, भोकतिर्खा नभनी कार्य क्षेत्रमा जिम्मेवारी वहन गर्ने पार्टिका जिम्मेवार कमरेडहरु, सबै जनवर्गिय संगठनका जिम्मेवार कमरेडहरु, पार्टीका संगठित सदस्य कमरेडहरु, सबै कार्यकर्ता कमरेडहरु, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकाय, निर्वाचन प्रक्रियामा सहभागि हुने सबै कर्मचारी साथीहरु, स्वदेशी तथा विदेशी पर्यवेक्षकहरु, मानवअधिकारकर्मिहरु, सम्पूर्ण सञ्चार संस्था र सञ्चारकर्मिहरु तथा संघ÷संस्था सबैलाई धन्यवाद दिन चाहान्छु ।
निर्वाचन लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण अंग हो । यसमा सहभागि हुनु हाम्रो अधिकार र कर्तव्य हो । यसको उपभोग गर्दै निर्वाचनमा सहभागि हुने सबै राजनीतिक दल र तिनका उम्मेदवारहरु, अन्य स्वतन्त्र उम्मेदवाहरु सबैमा हार्दिक आभार व्यक्त गर्दछु । स्वभावैले निर्वाचन भनेपछि त्यहाँ हार र जीत दुबै हुन्छ । जीतमा उन्माद र हारमा निराशा रह्यो भने लोकतन्त्रको गरीमा नै समाप्त हुने कुरामा दुई मत छैन । त्यसैले निर्वाचनमा मतदाताले दिएको मतको सम्मान हामी सबैले गर्नुपर्छ । यसमा नेकपा एमाले जहिले पनि दृढ छ । त्यसैले विगतको इतिहासलाई समेत स्मरण गर्दै धादिङका जनता र आम नेपाली जनताले यस पटकको निर्वाचनमा दिएको मत परिणमलाई स्वीकार र सम्मान गर्न हाम्रो पार्टी सबैमा हार्दिक आग्रह गर्दछ ।

धन्यवाद !

खेमप्रसाद लोहनी
(अध्यक्ष)
नेकपा (एमाले), जिल्ला कमिटि, धादिङ