समानुपातिकमा पनि धादिङमा एमाले अगाडी

587 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/संविधान सभाको प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ जिल्लाको तीन वटै क्षेत्रमा विजय हासिल गरेको नेकपा एमालेले समानुपातिक तर्फ पनि जिल्लामा अग्रता कायम गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङका अनुसार समानुपातिक तर्फ नेकपा एमालेले ४७ हजार ५ सय ७ मत पाएको छ भने नेपाली कांग्रेसले ३३ हजार ६७, एकीकृत नेकपा माओवादीले २८ हजार ८ सय ५१, राप्रपाले ८ हजार ३ सय ७८ र राप्रपा नेपालले ४ हजार ५ सय ३९ मत प्राप्त गरेको छ । धादिङमा प्रत्यक्ष तर्फ नेकपा एमालेले ५१ हजार ९५, नेपाली कांग्रेसले ३३ हजार ६०,एकीकृत नेकपा माओवादीले ३१ हजार १ सय २ मत पाएका थिए । कुल मतदाता ४३ हजार ५ सय २६ जना रहेको जिल्लाको क्षेत्र नम्बर १ मा ३३ हजार ७२ मत गणना भएको थियो भन क्षेत्र नम्बर २ मा ६३ हजार ६ सय २६ मतदाता मध्ये २९ हजार २९ मत र क्षेत्र नम्बर ३ मा ६३ हजार ८ सय ८६ मतदाता मध्ये २८ हजार २ सय २१ मत गणना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।