५ हजार ३ सय ३२ उम्मेदवारको जमानत जफत

504 पटक पढिएको

सम्पादक: Dhadingnews.com

५ हजार ३ सय ३२ उम्मेदवारको जमानत जफत

काठमाडौं, १८ मंसिर । यसपटकको संविधानसभा चुनावमा ५ हजार ३ सय ३२ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी ४ हजार २ सय २८ जना दलीय उम्मेदवार र १ हजार १ सय ४ जना स्वतन्त्र उम्मेदवारहरुको जमानत जफत भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले प्रत्यक्षतर्फ ७८ दशमलव ३५ र समानुपातिकतर्फ ७९ दशमलव ८२ प्रतिशत मत खसेको जानकारी दिए । उनले निर्वाचनमा जनताको उत्साहजनक सहभागिताले अब हिम्साको कुनै ठाउ छैन भन्ने सन्देश दिएको भन्दै अब मुलुक आर्थिक सम्बद्धितिर अघि वढ्ने आशा लिएको बताए ।

प्रमुख आयुक्त उप्रेतीले दलहरुलाई सात दिनभित्र बन्द सूचीमा समावेश उम्मेदवारहरु मध्येबाट उम्मेदवारको नाम पठाउन आग्रह गर्दै कुनै दलले नाम नपठाए निर्वाचन ऐन अनुसार अघि बढ्ने पनि बताए । उप्रेतीले प्रारम्भिक विवरण अनुसार चुनावका लागि ४ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको जानकारी समेत दिए । उनले प्रत्यक्षतर्फ ४ दशमलव ९६ र समानुपातिकतर्फ ३ दशमलव २० प्रतिशत मत बदर भएका बताए ।

-कारोबार दैनिक