महिला मानवअधिकार रक्षक हरुको जिल्ला संजालमा नयां नेत्तृत्व चयन

652 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्र्तगत विभिन्न कार्यक्रम संचालन गरिरहेको महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङले यसैक्रममा आफ्नो अधिबेशन तथा साधारण सभा सम्पन्न गरेको छ । अधिबेशनले पुनः अम्विका रुपाखेतीको अध्यक्षतामा नौ सदस्यिय कार्यसमितिको चयन गरेको छ ।1463484_704146059605240_729467881_n मंगलवार धादिङबेसीमा सम्पन्न संजालको दोश्रो अधिबेशन तथा चौथो साधारण सभाले आगामी दुई बर्षका लागि रुपाखेतीको अध्यक्षतामा ९ सदस्यिय कार्य समितिको चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा खिलकुमारी तिवारी,सचिवमा मुना सिम्खडा, कोषाध्यक्षमा गायत्री खतिवडा सह सचिवमा ज्ञानु कंडेल र सदस्यहरुमा उर्मिला रेग्मी,देवकी पौडेल,गंगा घिमिरे,मिना कार्की चयन हुनुभएको छ ।
महिला पुर्नस्थापनमा केन्द्र (ओरेक)की अध्यक्ष एवम महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालकी अध्यक्ष डा.रेणुराज राजभण्डारीको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य इन्दिरा ढुङ्गाना,राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता नन्दप्रसाद काप्री,धादिङका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल,जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी महिला तथा वालवालिका कार्यालयका प्रमुख भुला भण्डारी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न गाविसमा रहेर महिला मानवअधिकारका क्षेत्रमा कृयाशिल महिला समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संजालले महिला हक हितका साथै सामाजिक जागरणका अभियानहरु संचालन गर्दै आईरहेको छ ।