ट्याङ्करसँग ठोक्किदा मोटरसाइकलमा सवार २ को ज्यान गयो

597 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, मंसिर २० –धादिङ बैरेनी गाविसको मछेडीखोला नजिकै पृथ्वीराजमार्गमा  भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४१ प ५४५१ नम्बरको पल्सर मोटरसाइकललाई अमलेखगन्जबाट काठमाडौ जाँदै गरेको ट्याङकरले बिहीबार विहान साढे ९ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार जनाको दुवैजनाको घटनास्थलमानै ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा धादिङ जीवनपुरका १९ बर्षिय सुदिप गजुरेल र काभ्रेका रुपेश पराजुली रहेका वैरेनी प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक विजय खत्रीले जानकारी दिनुभयो । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।