८ कक्षाका विद्यार्थीले शिक्षकहरुलाई विद्यालयमै कुटाए

538 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२० मंसिर  – धादिङको सलाङ गाविस ७ मा रहेको  जलेश्वरी माविका प्रधानाध्यापकसहितका शिक्षकमाथि बिहीबार विद्यालय हातामै कुटपिट भएको छ ।

कक्षा ८ मा भर्ना भएर बिद्यालय छाडेका भुवन शर्मालाई परीक्षामा सहभागी नगराएको भन्दै यूवाहरुको एक समूहले प्रधानाध्यापक लगायतका शिक्षकहरु माथि कुटपिट गर्नुका साथै मार्ने धम्की दिएको बिद्यालयले जनाएको छ ।

विद्यालयमा परीक्षा चलिरहेको बेला रामकृष्ण मगरको नेत्तृत्वमा गएका ६–७ जना यूवाले प्रधानाध्यापक भोजराज अर्याललाई कुटपिट गरेको विद्यालयका एक शिक्षकले बताए ।

लामो समयसम्म बिद्यालयमा अनुपस्थित रहेका वेनिघाट गाविस ९ शितलवजारका भुवन शर्मालाई बिद्यालयले बुधवारदेखि चलेको दोश्रो त्रैमासिक परीक्षामा सहभागी गराएको  थिएन । त्यसकै विरोधमा शर्माले बाहिरका युवा बोलाएर शिक्षकमाथि हातपात गरेको विद्यालयको भनाई छ ।

मगरका बिरुद्ध वेनिघाट प्रहरी चौकीमा विद्यालयको तर्फवाट जाहेरी दर्ता भएको छ । शिक्षकहरुले कुटपिटमा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ परी कारवाही गर्नु पर्ने माग राखी परीक्षा स्थगित गरेका छन् ।