एक हप्ता भित्र नागढुङ्गा-नौविसे सडक मर्मत सुरु गर्न निर्देशन

576 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, मंसिर २५ – राजधानी प्रवेश गर्ने नागढुङ्गा-नौविसे सडक खण्डको आज स्थलगत अनुगमन पछि एक हप्ता भित्र मर्मत सुरु गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटा नेतृत्वको टोलीले सडक डिभिजन कार्यालय भरतपुरलाई निर्देशन दिएको छ ।

पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ अन्र्तगत पर्ने राजधानी जोड्ने कालोपत्रे सडक खाल्टाखुल्डी भएर भत्कँदा दैनिक ट्राफिक जाम हुने गरेको छ । जामबाट दैनिक यात्रुहरु घण्टौँ सम्म बाटोमा अलपत्र पर्ने गरेका छन् । ‘सडक लामो समयदेखि खाल्टा खुल्टी भएको जनगुनासो आएकाले वस्तु स्थिति वुझेर मर्मत गर्न निर्देशन दिएको हुँ ।’ उनले भने ।

‘मर्मतसम्भार काममा कुनै ढिलासुस्ती नगर्न भनेको छु’, उनले भने, ‘सडकका प्रमुखले समयमा नै काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’ सडक मर्मतका क्रममा सवारी आवाजजावतमा कुनै बाधा नपार्न ट्राफिक प्रहरीलाई समेत निर्देशन दिएको उनले बताए । उनी सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौला, सडक विभागका महानिर्देशक, मध्यमाञ्चल सडक क्षेत्रिय निर्देशक, ट्राफिक प्रहरीका डिआईजी केशव अधिकारी, धादिङ्गका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, सडक डिभिजन कार्यालयका भरतपुरका प्रमुख सहितको टोलीले नागढुङ्गा-नौविसे सडक खण्डको आकस्मिक निरिक्षण गरेको थियो । अनुगमनका क्रममा करिब एक किलो मिटर सडक तत्काल ढलान गर्नु पर्ने देखिएको बास्कोटाले बताए ।

त्यस्तै मन्त्रिपरिषद्को कार्यालयका सचिव वास्कोटाले सडकको स्थलगत निरीक्षण पछि जिल्लाका सरकारी कार्यालयको सुशासनको अवस्थाको निरिक्षण गरेका थिए । उनले जिल्ला प्रश्ाासन कार्यालय, जिल्ल्ाा विकास समिति, मालपोत कार्यालय र नापी कार्यालयको स्थलगत निरिक्षण गरेका हुन् । निरिक्षणका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । उनले भने ‘सेवा प्रवाहमा जनतालाई सास्ती होइन, सुविधा दिएर भ्रष्टाचार रहित प्रशासन बनाउनु पर्छ ।’

-ईकान्तीपुर डट कम