ग्यास ट्याङ्कर पल्टिएर आगलागी

482 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, मंसिर २६ – भारतको रक्सौलबाट पेट्रोलियम पदार्थ बोकेर काठमाडौ आउंदै गरेको ट्याङ्कर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारामा पल्टिदा आगलागी भएको छ । एच आर ५५ पी ५९०४ नम्बरको भारतीय ग्याँस ट्याङ्कर बुधवार दिउँसो ३ वजेतिर सडकबाट १० मिटर तल त्रिशुली नदी किनारमा खसेर आगलागी भएको हो । नदीको वगरमा खसेको ट्याङकरमा आगजनी शुरु भएपछि घटनास्थल नजिकै कोही पनि जान नसकेको जोगिमारा प्रहरी चौकीले जनाएको छ । दुर्घटनामा परेको ट्याङकरमा कति जना थिए भन्ने केही खुल्न सकेको छैन । ट्याङकरमा आगलागी भएपछि पृथ्वीराजमार्गको जवाङ खोला खण्डमा सवारी आवागमन रोकिएको छ । ट्याङ्कर विष्फोट हुन सक्ने डरले प्रहरीले सर्वसाधरणलाई दुर्घटना स्थलमा जान रोकेको छ । दुर्घटनाको थप विवरण आउन अझै वाँकी रहेको प्रहरीले जनाएको छ ।