बोक्सी आरोपमा कुटिएका महिला गाउँ जान सकेनन्

534 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-धादिङको सुनौला बजार गाविस–४ स्थित भोर्लेमा बोक्सिको आरोप लगाउँदै दुई महिलामाथि आक्रमण भएको छ। मंगलबार सदरमुकाम नजिकै रहेको सुनौलाबजार गाविस–४ की ३० वर्षीया चनमति मगराती र सोही स्थानकी पम्फा मगरातीलाई बोक्सीको आरोपमा छिमेकीहरुले धारिलो हतियारले काटेर गम्भीर घाइते भएपछिउनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

मंगलबार विहान ११ बजेतिर चनमति आफ्नो बच्चा विद्यालय पठाएर घर फर्कन लागेको बेला बोक्सीले सबै मानिस र गाइबस्तु मारेको र विरामी पारेको भनेर छिमेकी ४५ वर्षीया सुन्तली मगरातीले हसियाले घाँटीमा हानेको जिल्ला अस्पतालमा उपचार गराउँदै गरेका पिडितले बताए। चनमतिले हातले छेकेपछि उनको दाहिने हात गहिरोसंग काटिएको छ। उनलाई आक्रमण गरेको देखेर छुट्याउन गएकी पम्फालाइ पनि आक्रमण गरिएको पम्फाले बताईन्। उनको टाढकोमा गम्भीर चोट लागेको छ। घाइते भएका दुबैलाई अन्य छिमेकीहरु समेतले उद्धार गरि प्रहरी कार्यालयमा पुर्‍याएका थिए। मेडिकलमा उपचारपछि अहिले घाइतेहरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

कुटपिटपछि गम्भीर घाइते भएका उनीहरु घर जान नसकेकर सदरमुकाममा अलपत्र परेका छन्।

उपचार खर्च समेत नभएर उनीहरु समस्या परेको र जिल्ला प्रहरी कार्यालयमा ०७० मंसिर २६ गते जाहेरी दिएको भएपनि आरोपीहरुलाई छुटाउन राजनीतिक दलका नेताहरुले समेत दवाव दिएको पीडितले बताए।

पीडितहरुले आक्रमण गर्ने सुन्तली मगराती, उनकी छोरी सीता मगराती र सुन्तलीका पति रुपबहादुर मगराती विरुद्ध बोक्सी आरोपमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मंसिर २६ गते जाहेरी दर्ता गराएका छन्। प्रहरीमा जाहेरी दिएपछि पीडितहरुलाई गाउँ गए मारिदिने धम्की आएको उनीहरु बताउँछन्। गाउँको झगडा भएकोले आरोपीहरुलाई तत्काल छाड्न एक जना नेताले आफूहरुलाई धम्की दिइरहेको पीडितले जानकारी दिए। गाउँ जान नसकेका उनीहरु सदरमुकाममा महिला मानवअधिकार रक्षक सञ्जालमा शरण लिन पुगेका छन्।