अक्सिजन सिलिन्डर पड्किएर बिरामीको मृत्यु

559 पटक पढिएको

सम्पादक: Dhadingnews.com

अक्सिजन सिलिन्डर पड्किएर बिरामीको मृत्यु

काठमाडौं, १३ पुस । काठमाडौंको कलंकीस्थित सीटी सेन्टर अस्पतालमा अक्सिजन सिलिन्डर पड्किएर एक बिरामीको मृत्यु भएको छ ।

मधुमेह रोगको उपचार गर्न अस्पताल भर्ना भएकी धादिङजीवनपुर गाबिसकी  ५२ वर्षीय लक्ष्मी पुडासैनीको शनिबार बिहान साढे ३ बजे अक्सिजन सिलिन्डर पड्किएर मृत्यु भएको हो । उनी १० देखि अस्पतालमा भर्ना भएका थिइन । पुडासैनीलाई दिएको अक्सिजन सिलिन्डर पडकिएपछि अस्पतालमा भर्ना भएका बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो ।

अस्पतालको चरम लापरवाही कारण पुडासैनीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । सिटी अस्पतालले भने सिलिन्डरमा रहेको पानी फुटेर दुर्घटना भएको बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।