धादिङका सात जना संविधान सभामा

493 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷धादिङ जिल्लावाट संविधान सभामा प्रतिनिधित्व गर्ने सभासदको संख्या अव ७ पुगेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएको थिए । जसअनुसार क्षेत्र नम्बर ३ मा राजेन्द्रप्रसाद पाण्डे, २ मा गुरुप्रसाद बुर्लाकोटी र १ मा धनवहादुर घले संगै समानुपातिक तर्फवाट एमालेका पोलिटव्युरो सदस्य गंगालाल तुलाधर समेत गरी एमालेको तर्फवाट सभासदको संख्या चार पुगेको छ । राप्रपाले पार्टीका जिल्ला अध्यक्ष र नेपाली कांग्रेसले महासमित सदस्य दिलमान पाख्रिनलाई समानुपातिकवाट संविधान सभामा लगेको छ । एमाओवादीको तर्फवाट भने धादिङ जिल्लामा जन्मिएका रविन्द्रप्रताप शाह समानुपातिक वाट संविधान सभा सदस्य चयन भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले असन्तुष्टी जनाउंदै पार्टीका पुराना नेता कार्यकर्तालाई वेवास्ता गरेको भन्दै विरोध जनाएका छन ।