धादिङ पोखरा सम्पर्क समितिको साधारणसभा सम्पन्न

674 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरि पन्त
पोखरा २०, पौष -धादिङ–पोखरा सम्पर्क समितिको १५औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै अन्तरसमाज महासंघ राष्ट्रिय समितिका अध्यक्ष नीलकण्ठ शर्माले धादिङ समिति अन्य समाजको अभिभावक भएको भन्दै धादिङ समितिले राम्रो काम गरेमा अन्य समाज पनि त्यही बाटोमा हिंड्ने बताए । 1503542_631520156887315_1048156354_nधादिङ समिति सामाजि भावनाबाट ओतप्रोत भएको संस्था हो उनले भने–पोखरामा धादिङ समितिको गरिमा उच्च छ, यसलाई आगामी दिनमा पनि कायम राख्न धादिङवासीमा आँफू धादिङवासी हुँ भन्ने भावना जाग्न जरुरी छ, धादिङ समितिलाई राजनीतिबाट मुक्त राख्न जरुरी छ ।’
मकवानपुर ससम्पर्क समाजका अध्यक्ष अच्युतम् ढकालले धादिङ समितिबाट आफूहण्ंले धेरै कुरा सिक्न बाँकी रहेको भन्दै राजनीतिक कार्यकर्ता बन्न भन्दा सामाजिक कार्यकर्ता बन्न निकै कठिन रहेको बताए । समितिका सल्लाहकार एवं पूर्व अध्यक्ष रुद्र खनालले धादिङवासीलाई एकत्रित गरेर घघि बढ्नुको विकल्प नरहेको भन्दै समितिका कुनैपनि विवाद नल्याउन आग्रह गरे । अर्का पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले धादिङ समिति अन्य समिति भन्दा सक्रिय संस्था भएकाले समितिमा मनमुटाव र खुट्टा तान्ने प्रवृति र मनमुटाव हुने खालका गतिविधि समितिमा आउन निदन आग्रह गर्दै पछिल्लो समयमा समितिको गतिविधिप्रति आफू चिन्तित भएको बताए । समितिका निवर्तमान अध्यक्ष हरि अर्यालले आजसम्म उत्कृष्ट स्थानमा रहेको समितिको गरिमालाई गिराउने खालका कुनैपनि गतिविधि नगर्न आग्रह गरे । समितिका कार्यसमिति सदस्य एवं आगिन्चोक समितिका संयोजक हरि पन्तले समितिमा एकले अर्कालाई निषेध गर्ने प्रवृति मौलाएको भन्दै समितिमा आवद्ध एवं सबै धादिङवासीहरू एकजुट हुनुको विकल्प नरहेको बताए । समितिका धादिङ सहयोग संस्थाका अध्यक्ष वेनी पाठकले समितिमा रहेका सम्पूर्ण समिति एवं पदाधिकारीहरूले समितिको मर्म र भावना विपरित काम नगर्न आग्रह गर्दै समिति भन्दा बाहिर भइरहेको गतिविधिप्रति चिन्ता प्रकट गरे ।
समितिका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सल्लाहकार एवं नलाङ समितिका अध्यक्ष रामबहादुर अर्याल, खरी एकाइका अध्यक्ष शेरबहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, धादिङ सहयोग संस्थाका सचिव छन्द धरेल लगायतले समितिलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगरी सामूहिक सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिए । सभामा समितिका सचिव गोकर्ण अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष लालप्रसाद पाठकले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रपमा पारित गरिएको थियो । त्यस अवसरमा समितिको विविध गतिविधिमा संयोजकको भूमिका निर्वाह गरेकाहरूलाई सम्मान, आजीवन एवं साधारण सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने समितिमा आवद्ध आगिन्चोक, खरी र नलाङ एकाईलाई आधिकारिक सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।