स्थानापतिको माविको ३५ औं बार्षिक उत्सव

566 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ज्यामरुङ – धादिङको ज्यामरुङ गाविसमा रहेको स्थानापति माध्यमिक विद्यालयले सोमबार आफ्नो ३५ औ बार्षिकउत्सव सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल उप्रेतीको अध्यक्षता तथा पूर्व शिक्षा मन्त्री नेकपा एमाले धादिङको तर्फबाट सामनुपातिक सभाषद् गंगालाल तुलाधरको प्रमुख आतिथ्यता रहेको थियो । DSC07477कार्यक्रममा प्रमुख गंगालाल तुलाधरले शिक्षाको गुणस्तर बृद्धिको लागि अभिभावकहरुको सचेतना अभिबृद्धि अपरिहार्य रहेकोे बताउनु भएको छ । बिद्यालय बिकासको लागि बिद्यालयका सरोकारवालाहरु शिक्षक,बिद्यार्थी र अभिभावकहरुको संयुक्त प्रयास भए मात्र बिद्यार्थीहरुले उचचतम शैक्षिक उपलब्धीहरु हासिल गर्न सक्ने भएकाले बिद्यालयले सबै पक्षलाई ध्यान दिन आग्रह गदै आफूले शिक्षा मन्त्री हुँदा शैक्षिक सुधारको कार्य थालनी गरेको र आगामी दिनमा पनि जिल्लाको शैक्षिक विकासमा लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिव शोभाकर रेग्मी,प्रयास नेपाल धादिङका सचिव उषा बि.क लगायतले बिद्यालयको विकासका बारेमा मत्तव्य राद्यनु भएको थियो । कार्यक्रममा गाविस सहायक उमेश बिष्ट,छिमेकी बिद्यालयका प्रधानाध्यापकहरु,बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बिद्यालयले बार्षिकउत्सवको अवसरमा बिभिन्न अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थीहरुलाई पुरस्कार बितरण गर्नुका साथै बिद्यालयको पुस्तकालयलाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो ।
बिद्यालयले कक्षा १ र २ मा अध्ययनरत बालबालिकाहरुको लागि व्यक्तिगत सरसफाई अन्तरगत दाँत सफाईको लागि ब्रस र मञ्जन समेत वितरण गरेको छ । कार्यक्रममा बिद्यालयका प्रधानाध्यपक मुक्ति पाठकले बिद्यालयको समग्र शैक्षिक,भौतिक तथा आर्थिक पक्षको बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो । बार्षिकउत्सवमा अभिभावकहरुको समेत उल्लेख्य उपस्थिति रहेको ज्यामरुङबाट रामलाल उप्रेतीले धादिङन्युजलाई जानकारी दिनु भयो ।