कक्षा ११ को परीक्षाफल प्रकाशित

1095 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौँ :  उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नतिजा आज प्रकाशित गरेको छ। 

परीक्षामा ४ लाख ३५ हजार १८ जना विद्यार्थी सहभागी भएकोमा ४० प्रतिशत सफल भएका छन्। कक्षा ११ मा नियमिततर्फ दुई लाख ६३ हजार २२० विद्यार्थी सहभागी भएकामा एक लाख चार हजार ६९६ जना अर्थात् ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागीमध्ये ११ जनाको परीक्षाफल स्थगित गरिएको र २२८ जनाको परीक्षाफल रद्द गरिएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए।

त्यसैगरी आंशिकतर्फ एक लाख ५४ हजार ६०८ जना परीक्षार्थी परीक्षामा सहभागी भएकामा ५० हजार ९०८ जना अर्थात् ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको छ। परीक्षामा सहभागीमध्ये १३ जना परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको र ८६ जनाको रद्द गरिएको छ।

परीक्षाफल परिषद्को वेबसाइट http://hseb.edu.np र नेपाल टेलिकमको वेबसाइट http://hseb.ntc.net.np/ बाट हेर्न सकिनेछ।

परीक्षा सञ्चालन भएको लामो समय बितिसक्दा पनि नतिजा सार्वजनिक नभएको भन्दै विद्यार्थी तथा अभिभावकले गुनासो गर्दै आएका थिए। नतिजा संविधानसभा निर्वाचनका कारण सार्वजनिक गर्न ढिलाइ भएको परीक्षा नियन्त्रक अर्यालले बताए।

अन्नपूर्ण