मुग्लिनको पुल जोखिममा- दुर्घटनाको सम्भावना बढ्यो

608 पटक पढिएको

सम्पादक: Dhadingnews.com

essay writing help

Muglinh pool

मुग्लिन २५- पुस मुग्लिनको पुल जोखिममा पुगेको छ । पृथ्वी राजमार्ग अन्तर्गतको सो पुलको बिम भाँचिएपछि पुल जोखिममा परेको हो । त्रिशुली नदीको पुलको बिम च्यातिएकोले दुर्घटना हुने सम्भावना पनि बढ्दै गएको छ । आँवुखैरेनी तर्फको वायाँ तर्फको बिम च्यातिएर ठाउँ छोड्दै गएको छ । बिम अड्याएको ७ वटा नट फुस्केपछि एउटा मात्रले पुल अडिएको छ । पुल कमजोर भई सवारी साधन आवत–जावत गर्दा हल्लिने गरेको छ । गाडीहरु ओहोर–दोहोर गर्दा झोलुङगे पुलजस्तै हल्लिने गर्दछ । बिमहरु अडाएको अन्य नटवुल पनि फुत्कंदै जान थालेको बताइएको छ । २०२८ सालमा निर्माण गरिएको पुल एकसय २५ मिटर लम्बाईको छ । चीन सरकारको सहयोगमा पुल निर्माण भएको थियो ।

अघिल्लो समय मर्मत गरेको वर्ष दिनमै सकर प्लेट उप्केपछि पुल जीर्ण बन्दै गएको थियो । सडक डिभिजन कार्यालय दमौली र पुल आयोजनाले मर्मत सम्भारमा ध्यान नदिँदा जोखिमपूर्ण बनेको स्थानियबासीले बताएका छन् । पुलको तीन ठाउँमा वार भत्किएको छ । पुलको सकर प्लेट चिप्लेर सवारी साधन ठोकिन थालेपछि बार भत्केको बताइएको छ । भत्केको ठाउँमा काँडेतार राखिएको छ । पुलमा मान्छे  पनि ओहोर–दोहोर गर्न डरलाग्दो भएको छ ।
स्थानियवासीले सो पुलमा दुर्घटना हुने निश्चित भएको बताउन थालेका छन् । प्लेट च्यातिने र उप्कन थालेपछि सवारी आवत–जावत गर्दा ठूलो आवाज आउने उनीहरुको भनाई छ । दिउँसो खासै नसुनिने तर राति भने चर्को आवाजले सुत्नै नसकिने मुग्लिनवासीहरु बताउँछन् ।
यसअघि स्थानियले एकतर्फी रुपमा मात्रै सवारी साधन सञ्चालन गर्ने गरेका थिए तर हाल उनीहरुले पनि चासो दिएका छैनन् । ‘आफ्नो काम गर्ने कि पुल कुरेर बस्ने ?’ स्थानियहरुको प्रश्न यस्तो हुन थालेको छ आजभोलि । स्थानियले मात्र चासो दिएर नहुनेमा उनीहरु पुग्न थालेका छन् । तत्काल पुलको मर्मत गर्नुपर्ने उनीहरुको भनाई छ । सडक डिभिजन कार्यालयले भने सवारी चालकहरुको लापरवाहीका कारण पुल चाँडै भत्केको बताउँछ । पुलको वीम च्यातिएको भनेपछि प्राविधिकहरु हेर्न पठाइएको र प्राविधिक फर्केपछि मर्मतका लागि पुल आयोजनासँग अनुरोध गर्ने डिभिजन कार्यालयले बताएको छ ।
दुई र्वअघि सडक विभाग मार्फत तीन करोड लागतमा कालोपत्रे फालेर पुलमा सकर प्लेट राखिएको थियो । सकर प्लेट राखेको एक बर्ष नपुग्दै उस्तै भएको छ । २० बर्षका लागि भन्दै सडक आयोजनाले सकर प्लेट फेरेको थियो । यसअघि निर्धारित आयुभन्दा २० बर्ष अगावै पुल जिर्ण बनेपछि कालोपत्रे फालेर सकर प्लेट राखिएको  हो । सो पुलमार्फत काठमाडौं र नारायणगढबाट पोखरा लगायत दर्जनौं जिल्लाहरुमा दैनिक हजारौँ सवारी साधन आवत–जावत गर्ने गर्छन् ।

आदर्श नेपाल 

765qwerty765