कर नबुझाए माघबाट कारवाही-पत्रकार र सन्चारसस्था पनि निगरानीमा

610 पटक पढिएको

सम्पादक: Dhadingnews.com

cheap download software

काठमाडौं -: माघबाट करमा कडाई गरिने भएको छ । पुस महिनाभरी कर नतिर्ने व्यवसायीलाई माघबाट कडाई गर्ने सरकारले जनाएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पुस महिना व्यवसायीहरुको लागि महत्वपूर्ण महिना रहेको बताउँदै निकै सान्दर्भिक रहेको बताएका छन् ।
शुक्रवार विभिन्न नियामक निकायस“ग अन्तक्र्रियामा करदाता सक्षम भए मात्रै राज्यले दिने सुविधा बढ्ने बताउनुहु“दै उद्योगी व्यवसायीको समस्या देखेर नै स्किम ल्याइएको उनले बताए । ‘सरकारले फेरि पनि स्किमको समय बढाउ“छ भनेर आश नगरौं, मैले पनि खुट्टा उचालिसकेको छु’ अर्थमन्त्रीले भने, ‘नया“ निर्वाचित अर्थमन्त्रीलाई हस्तान्तरण गर्न आफू आतुर रहेको रहेको बताउनुहु“दै नियामक निकायको सहयोगले मात्रै अर्थ मन्त्रालय सफल हुनछ ।’
समय बढाउन सक्ने अवस्थामा सरकार नरहेको बताउनुहुदै आर्थिक अध्यादेशले दिएको सुविधाको समय सकिएपछि राजस्व प्रशासन कानुनी कारवाहीको लागि व्यवसायीको आगनमा आउने उनले चेतावनी दिए ।
कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले पुस मसान्तसम्मको सुविधा उपयोग गर्ने समय निकै कम रहेको बताए । नियामक निकाय २ किसिमको हुने भन्नुहुद एउटा राज्यको तर्फबाट र अर्को स्वनियामक हुने बताए । ‘
पत्रकार र सञ्चार माध्यमलाई करको दायरामा आउन आग्रह ग¥यौं । तर अहिलेसम्म १ सयको हाराहारीमा मात्रै करको दायरामा आएका छन् ’ सचिव सुवेलीले भने, ‘अब माघपछि सूचना विभागले भुक्तानी दिंदैन । त्यसपछि अर्थमन्त्रालयले केही गर्न सक्नेछैन् ।’
(ओएनएस)

  

765qwerty765