नागढुंगा सडकखण्डमा बाटो ढलानको काम लम्बिने

642 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, पुस २८ – काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा सडकखण्ड अन्तर्गतको खत्रीपौवा र सिस्ने खोलामा बाटो ढलानको काम लम्बिने भएको छ ।

computer software

यात्रुको सहजताका लागि तोकिएको समयमा नै निर्माण कार्य सक्न सरकारले निर्देशन दिएपनि यसबीचमा दशैंतिहार जस्ता चाड र चुनाव परेकाले काम लम्बिने सम्भावना बढेको ठेकेदारले बताएका छन् ।

आउँदो जेठ महिनाभित्र यी दुई ठाउँमा ढलानको काम सकाउने सम्झौता भएको थियो । सरकारले निर्माण सामाग्री र कामदार बढाएर तोकिएको समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिइसकेको छ ।

निर्माण कार्य भइरहेपनि नागढुंगा सडकखण्डमा पहिलेको जस्तो समस्या अहिले नरहेको नागढुंगाका ट्राफिक प्रहरी नायव निरीक्षक उपेन्द्र बुढाथोकीले बताउनुभयो । अहिले ढलान भइरहेका ठाउँमा भित्तापट्टिको भाग खनेर फराकिलो बनाइएकाले जामको समस्या छैन ।

बुढाथोकीका अनुसार ढलान भैरहेका ठाउँ बाहेकका सडकमा पनि खाल्डाखुल्डी पुर्ने काम भइरहेकाले अहिले गाडीको आवतजावत सहज रुपमा भैरहेको छ ।

-उज्यालो अनलाईन 

765qwerty765