मुग्लिन पुलको मर्मत सुरु

593 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मुग्लिन : पृथ्वीराजमार्गअन्तर्गत तनहुँ र चितवन जोड्ने पुलको मर्मत सुरु गरिएको छ। पुलमा भएको रेलिङ र स्टिल प्लेटमा समस्या देखिएपछि मर्मतकार्य सुरु गरिएको हो। पुलमा बिच्छ्याइएको स्टिल प्लेटमा राखिएको नट फुस्किन थालेको र २/३ ठाउँमा रेलिङ भाँचिएपछि पुलको मर्मत गर्न शनिबारदेखि नै काम थालिएको पुल आयोजनाका इन्जिनियर नरेशप्रसाद केसरीले बताए।

पुलको मर्मतकार्य दुई चरणमा गरी दुई महिनाभित्र सम्पन्न गरिने भएको छ। पहिलो चरणमा नटबोल्ट कस्ने र रेलिङ मर्मत गरिनेछ। दोस्रो चरणमा स्टिल प्लेटमाथि पिच गर्ने योजना छ। मर्मतकार्य अवधिभर पुलमा गाडीको आवागमन एकतर्फी बनाइने जानकारी इन्जिनियर केसरीले दिए।

पुल मर्मत गर्दा हिँडडुल गर्न समस्या हुने भएकाले दोस्रो चरणमा पुलमा पिच गरिने भएको छ। दुई चरणमा मर्मत गर्दा समस्या नआउने केसरीले बताए। २०२८ सालमा निर्माण गरिएको पुल एक सय २५ मिटर लामो छ। चीन सरकारको सहयोगमा पुल निर्माण भएको थियो।

zp8497586rq