सास गन्हाउँछ ? यसो गर्नुहोस्

551 पटक पढिएको

सम्पादक: Dhadingnews.com

डा. अरुणा उप्रेती

विचार गर्नोस् त ! मनपर्ने मानिससँग तपाईंको भेटघाट भइरहेछ र त्यो व्यक्तिले तपाईंसँग कुरा गर्दागर्दै मुख छोपेर उता फर्क्यो भने । तपाईं कुनै कामका लागि अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ, तपाईंलाई विश्वास छ, तपाईं यो अन्तरवार्तामा सजिलै सफल हुनुहुनेछ ।

अन्तरवार्ता लिने मानिसले तपाईंलाई रमाइलो कुरा भन्छन् । तपाईंहरू दुवै हाँस्नुहुन्छ । तर, यो हाँसो हुँदा अन्तरवार्ता लिने व्यक्तिले अमिलो मुख लगाएर नाक खुम्च्याएर मुख उता फर्काउ“छन् । तपाईंलाई कस्तो लाग्छ ?

सास गन्हाएको कसरी थाहा पाउने

प्रायः मानिसहरूले अरूको सास गन्हाएको भन्दैनन्, तर व्यवहारमा प्रकट गर्छन् । सास गन्हाउने मानिसस“ग कोही लामो समयसम्म कुरा गर्न नचाहने मात्र होइन कि स“गै बस्न पनि रुचाउ“दैनन् ।

आफ्नो सास गन्हाएको कुरा आफैंले कसरी थाहा पाउने त ? दुवै हातले मुख छोपेर लामो सास लिने अनि सास फेर्ने । प्याज, लशुन, रक्सी नखाएका बेला यसरी सास फेर्दा गन्हाउँछ भने गिजाको कुनै गम्भीर समस्या परेको हुनसक्छ ।

पेटमा गडबडी भएर पनि सास गन्हाउन सक्छ । मृगौला सम्बन्धी समस्या हुने मानिसको पनि कुनै अवस्थामा मुखबाट नराम्रो गन्ध आउन सक्छ ।

सास नगन्हाउने उपाय के ?

सास नगन्हाउनका लागि भोजनमा ध्यान दिनुपर्छ । जस्तो लशुन, प्याज आदिको प्रयोग गर्दा सास गन्हाउन सक्छ । यस्ता भोजन राती खानु ठीक हुन्छ । खाना खाइसकेपछि राम्रोसँग दाँत माझ्नु पनि एउटा उपाय हो ।

मादक पदार्थ

रक्सी, बियर जस्ता पदार्थ सेवन गरेपछि जति मुख माझ्ने गरेपनि सास गन्हाउँछ । कुनै महत्वपूर्ण सभा, गोष्ठी आदि ठाउ“मा भाग लिन जानुपर्ने बेलामा कमसेकम १२ घण्टा अगाडिदेखि नै मादक पदार्थ सेवन नगर्नु उचित हुन्छ ।

कुल्ला गर्नु

बिहान उठ्नेबित्तिकै मनतातो पानीमा नून हालेर कुल्ला गर्दा दाँतका कीटाणुहरू ५० प्रतिशत नष्ट हुन्छन् । राती सुत्नुभन्दा पहिले दा“त माझेर सुत्ने बानीले मुख गन्हाउन कम गर्ने मात्र नभई यसले पछिसम्म पनि दा“तको सुरक्षा गर्छ ।

मुख गन्हाउने प्रमुख कारणमध्ये राती सुत्दा दा“त सफा नगर्नु नै हो । बेलुका खाना खाइसकेपछि दाँत राम्ररी सफा नगरेमा मुखमा खानेकुराका टुक्रा अड्कन्छन् र रातभरी तिनले दाँतमा कीटाणु उत्पन्न गराउँछन् ।

ती कीटाणुहरूले दा“तको बाहिरी भागलाई बिस्तारै बिस्तारै नष्ट पार्दै जान्छन् र दाँत सिरिंङ हुन्छ । पछि दाँतको बाहिरी भाग नष्ट भएर दुख्न थाल्छ । जसलाई हामी कीरा लागेको भन्दछौं । सम्भव भएसम्म राती सुत्दा ब्रश गर्ने बानी बसाल्नुपर्छ ।

सम्भव छैन भने औंलाले मुखलाई चारैतिर सफा गरी कुल्ला गर्नु पनि उपयुक्त हुन्छ । कुल्ला गर्ने बानीले दा“तलाई गन्हाउन र कीरा लाग्नबाट केहि हदसम्म बचाउ“छ । व्रत बसेका बेला पेट खाली हुनाले पनि मुख गन्हाउन सक्छ । यस्तो बेलामा पर्याप्त मात्रामा पानी पिउने, ल्वाङ, सुकमेल चुस्नु उपयुक्त हुन्छ । विभिन्न मसलाको प्रयोगले पनि गन्हाउनबाट रोक्छ ।

जिभ्रो सफा गर्ने

धेरैजसो व्यक्तिहरू दा“त सफा गर्छन्, तर जिभ्रो चाहि“ त्यसै छोडिदिन्छन् र त्यो नै मुख गन्हाउने कारण बन्न जान्छ । दा“त सफा गर्दा, कुल्ला गर्दा जिभ्रो पनि सफा गर्नु अति जरुरी छ ।

(डा. उप्रेतीको पुस्तक आफ्नो स्वास्थ्य आफ्नै हातमाबाट)

zp8497586rq