अनौपचारिक कक्षाका निरिक्षकहरुको तालिममा अवरोध

645 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बैरेनी-साक्षरता कार्यक्रम संचालन गर्दा आफ्ना कार्यकर्ताहरुलाई अवसर नदिएको भन्दै अनौपचारिक कक्षाका निरिक्षकहरुको लागि बैरेनीमा सञ्चालित तालिममा एमाओवादी र काग्रेस कार्यकर्ताले बुधवार अबरोध पुर्याएका छन्
साक्षर नेपाल अभियान अन्तरगत संचालन भइरहेको अनौपचारिक कक्षाका निरिक्षकहरुको तीन दिने तालिमको अन्तिम दिन तालिमहलमा काग्रेस र एमाओवादी कार्यकर्ताले ताला लगाएर तालिमको अवरोध गरेको बताईएको छ ।
जिल्ला शिक्षा कार्यालयले स्थानीय निरिक्षकहरुका लागि संचालन गरेको तालिममा एमाओवादी र काग्रेस कार्यकर्ताले आफ्नो पार्टी कार्यकर्तालाई निरिक्षक नराखेको भन्दै ताला लगाएको काग्रेस र एमाओवादीले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छ ।
वागेश्वरी उच्चमाविको श्रोत केन्द्रमा रहेको तालिमहलमा ताला लगाएर तालिम बन्द गराएका तालिमका सहजकर्ता एवं जिल्लाशिक्षा कार्यालयका विद्यालय निरिक्षक भाष्कर गौतमले बताउनुभयो । बैरेनी गाविसमा एमाओवादी र काग्रेस कार्यकर्ताहरुले आफ्ना कार्यकर्तालाई समावेशी र राजनीतिक सहमतिको आधारमा अवसरमा समावेश गराउन माग गर्दै तालिममा अवरोध गरेको बन्दकर्ताहरुले बताए ।
केही बेर विद्यालय क्षेत्रमा तनाव उत्पन्न भएपछि बैरेनी गाविसका निरिक्षकहरुलाई बाहिर निकालेर तालिमको समापन गर्न दिएको बैरेनी सामूदायिक अध्ययन केन्द्रका सचिव राजु वाग्लेले बताउनुभयो । आफूहरुलाई अपमान गरेर कक्षाबाट निस्काशन गरिएको बैरेनीका निरिक्षक ज्योती खड्काले बताउनुभयो । बैरेनी गाविसमा कोसोक नेपालले अनौकपचारिक कक्षाको संचालन कोसोक नेपालले र निरिक्षणको कार्य बैरेनी सामुदायिक अध्ययन केन्द्रले गर्ने गरि जिल्ला शिक्षा कार्यालयले तोकेको थियो । सोही व्यवस्था अनुसार बैरेनीमा राजनीतिक दलहरुको सहमतिको आधारमा ७४ स्थानमा अनौपचारिक कक्षाहरु संचालन भइरहेको कोसोक नेपालका कार्यवाहक अध्यक्ष सीताराम अधिकारीले वताउनु भएको छ ।