मध्यपहाडका १० शहरको गुरुयोजना बनाउँदै सरकार

551 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 
 

काठमाडौ । सरकारले मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ शहरका लागि गुरुयोजना बनाउने काम तीव्र पारेको जानकारी गराएको छ ।

 

सरकारको गुरुयोजनामा बैतडीको पाटन, अछामको साँफेबगर, दैलेखको राकम कर्णाली, रुकुमको चौरजहारी, बाग्लुङको बुर्तिबाङ, तनहुँको डुम्रे, धादिङको गल्छी, सिन्धुलीको खुर्कोट, तेर्हथुमको वसन्तपुर र पाँचथरको फिदिममा नयाँ शहर निर्माण गर्न गुरु योजना बन्दैछ ।

 

सो स्थानहरुमा शहर निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन अहिले सम्भाव्यता अध्ययनलाई व्यापक बनाइएको र ठाउँ ठाउँमा सम्पर्क कार्यालयहरु स्थापनामा जुटेको शहरी विकास मन्त्रालयले जनाएको छ । जसमा केहि ठाउँको सम्भाव्यता अध्ययन सकिएको पनि सरकारले जनाएको छ ।

-साझा सवाल डट कमबाट