त्रिशूली नदी किनारमादेश विदेशको लोकसंस्कृति

806 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गलौंदी -विभिन्न एघार देशको लोकसंस्कृति एकैथलोबाट हेर्ने अवसर धादिङवासीले पाएका छन् । छिमेकी राष्ट्रको मात्र होइन, धेरै टाढा रहेको देशको लोकसंस्कृति समेत धादिङवासीले नजिकैवाट हेर्ने अवसर पाएका हुन । मंगलवार धादिङबासीले मात्र होइन, सात देशका कलाकारले एक अर्काको लोकसंस्कृति अध्ययन गर्ने अवसरसमेत पाएका छन ।
धादिङको गलौंदी स्थित त्रिशूली नदी किनारमा आयोजना भईरहेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको अवसर पारेर नेपाल लगायत विभिन्न आठ देशका कलाकारले अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला प्रदर्शनी गराएका हुन । आठ देशका कलाकारले आफ्नो देशको भशभुषा सहित लोकगीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सात देशका कलाकारले आफ्नो देशको कलासंस्कृतिसहित भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
एक देशले प्रस्तुति गरिरहँदा अर्को देशका कलाकारले नृत्य गरेर आत्मीयता साटासाट गरिरहेका थिए । आठ देशका कलाकारलाई एउटै थलोमा उभ्याउने काम एभरेस्ट नेपाल कल्चर गु्रपले गरेको हो । नेपालले लोकनृत्य देखि लोकदोहोरी सम्म प्रस्तुत गरेको थियो । नेपालका सबै जातजातिको भाषा र भेषभुषा सहितको प्रस्तुति गरेका थिए । संस्कृतिको आदानप्रदान र प्रचारको रुपमा लिइएको मेलामा बंगलादेश, इजराइल, श्रीलंका, जर्मनी, इन्डोनेसिया, घाना र कोरियाका कलाकारले लोकनृत्य प्रस्तुत गरेका थिए ।
मेलामा सबै देशका कलाकारले आफ्नो देशको परम्परा र संस्कृति झल्कने नृत्य गरेका थिए । सबै देशको प्रस्तुतिलाई दर्शकले ताली बजाएर स्वागत गरेका थिए । मेलाले नेपाली संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न सफल भएको आयोजक एभरेस्ट नेपाल कल्चरल गु्रपका अध्यक्ष रामचन्द्र कोइरालाले बताउनुभयो ।
अन्तर्रािष्ट्रयस्तरमा नेपालको लोकसंस्कृति पहिचान गराउन मेलाको आयोजना गरेको कोईरालको भनाइ थियो । लोकसंस्कृतिलाई अन्तर्रािष्ट्रयस्तरमा पहिचान गराउन कल्चरल ग्रुपले २०५४ सालदेखि काम गर्दै आएको अध्यक्ष कोइरालाले बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको संयोजनमा भएको कार्यक्रममा सात देशका १ सय ५० जना कलाकारको सहभागिता रहेको थियो ।