नौबिसे–नागढुंगा सडक मर्मतमा लापरबाही भयो : व्यवसायी

489 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

काठमाडौं,  – काठमाडौं भित्रिने मुख्य नाका नौबिसे–नागढुंगा सडक खण्डको मर्मतमा लापरबाही भएको भन्दै यातायात व्यवसायी आक्रोशित भएका छन् ।

खानीखोला क्षेत्रमा डाइभर्सन सडक बनाउँदा थुप्रिएको माटोका कारण लामो जाममा बस्नु पर्दा यात्रु र मालवाहक गाडीले सास्ती खेप्नु परेको छ ।

तर मर्मत र पुनर्निर्माणको काममा सरोकारवाला निकायले तिव्रता नदिएको भन्दै यातायात व्यवसायीले तत्काल काम अघि बढाउन माग गरेका छन् । सडक विभागले फागुन १ गतेदेखि १५ गतेसम्म खानीखोलामा २ सय मिटर डाइभर्सन सडक बनाउनका लागि बेलुका ८ बजेदेखि विहान ४ बजेसम्म बाटो बन्द गरी भित्ता खन्ने काम गरेको थियो ।

तर भित्ता खन्दा निस्किएको माटो सडकमै थुप्रिँदा गाडीको आवतजावतमै समस्या परेको छ । पानी परेको बेला हिलोमा गाडी फस्ने, चिप्लिने समस्या देखिएको छ । जसका कारण एकतर्फी गाडी चलाउन पनि निकै समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

नौबिसे–नागढुंगा सडक अन्तर्गत १ हजार ७० मिटर क्षेत्रमा सडक ढलान गर्ने काम गएको वर्षदेखि नै शुरु भएपनि सडकको अवस्था झन् बिग्रिएको छ ।

सरकारले सडक मर्मतका लागि अघि सारेको योजना निकै राम्रो भएपनि काममा निकै ढिलासुस्ती हुँदा आउँदो ४/५ महिनामा पनि काम नसकिने र वर्षा लागेपछि अझ समस्या बढ्ने भन्दै यातायात व्यवसायीले सरोकारवाला निकायले काममा बढी निगरानी राख्नुपर्ने माग गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले नौबिसे–नागढुंगा सडक खण्डमा मर्मत र सडक पुननिर्माणको काम आउँदो चैत मसान्तसम्म पूरा भईसक्ने दावी गर्नुभयो । डाइभर्सन सडक बनाउने काम सकिएको र अब ढलान गर्ने काम मात्रै बाँकी रहेकाले झण्डै डेढ महिनाको अवधिमा सबै काम पूरा भइसक्ने उहाँको दावी छ ।

काठमाडौं, फागुन २१ – काठमाडौं भित्रिने मुख्य नाका नौबिसे–नागढुंगा सडक खण्डको मर्मतमा लापरबाही भएको भन्दै यातायात व्यवसायी आक्रोशित भएका छन् ।

खानीखोला क्षेत्रमा डाइभर्सन सडक बनाउँदा थुप्रिएको माटोका कारण लामो जाममा बस्नु पर्दा यात्रु र मालवाहक गाडीले सास्ती खेप्नु परेको छ । तर मर्मत र पुनर्निर्माणको काममा सरोकारवाला निकायले तिव्रता नदिएको भन्दै यातायात व्यवसायीले तत्काल काम अघि बढाउन माग गरेका छन् ।

सडक विभागले फागुन १ गतेदेखि १५ गतेसम्म खानीखोलामा २ सय मिटर डाइभर्सन सडक बनाउनका लागि बेलुका ८ बजेदेखि विहान ४ बजेसम्म बाटो बन्द गरी भित्ता खन्ने काम गरेको थियो । तर भित्ता खन्दा निस्किएको माटो सडकमै थुप्रिँदा गाडीको आवतजावतमै समस्या परेको छ ।

पानी परेको बेला हिलोमा गाडी फस्ने, चिप्लिने समस्या देखिएको छ । जसका कारण एकतर्फी गाडी चलाउन पनि निकै समस्या भएको यातायात व्यवसायीले बताएका छन् । नौबिसे–नागढुंगा सडक अन्तर्गत १ हजार ७० मिटर क्षेत्रमा सडक ढलान गर्ने काम गएको वर्षदेखि नै शुरु भएपनि सडकको अवस्था झन् बिग्रिएको छ ।

सरकारले सडक मर्मतका लागि अघि सारेको योजना निकै राम्रो भएपनि काममा निकै ढिलासुस्ती हुँदा आउँदो ४/५ महिनामा पनि काम नसकिने र वर्षा लागेपछि अझ समस्या बढ्ने भन्दै यातायात व्यवसायीले सरोकारवाला निकायले काममा बढी निगरानी राख्नुपर्ने माग गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले नौबिसे–नागढुंगा सडक खण्डमा मर्मत र सडक पुननिर्माणको काम आउँदो चैत मसान्तसम्म पूरा भईसक्ने दावी गर्नुभयो ।

उज्यालो अनलाईनवाट