इमेल बिना नै चलाउनुस फेसबुक

832 पटक पढिएको

सम्पादक: Dhadingnews.com

फेसबुक, वास्तविक जिवनमा लाइफ बुक बनिसकेको छ। विश्वको सबैभन्दा चर्चित, लोकप्रिय यो सामाजिक सञ्जालमा दैनिक करोडौं मानिसहरु लगइन गर्छन् भने सयौंले आफ्नो एकाउन्ट बन्द पनि।

लाइफ बुक कै रुपमा दैनिक फेसबुक चलाउनेहरु मध्ये धेरै यस्ता पनि हुन्छन् जसले आफ्नो फेसबुक एकाउन्टका लागि प्रयोग भएको इमेल आइडी पनि बिर्सन्छन्। त्यसो त पासवर्ड बिर्सनेको पनि कमी छैन।
01 login facebook without mail id
अरुको नाममा फेक फेसबुक एकाउन्ट र पेज खोल्नेहरुका लागि त यस्ता एकाउन्टको इमेल आइडी बिर्सनु सामान्य कुरा नै हो। तर तपाइँलाई फेसबुक एकाउन्ट चलाउँदाको इमेल आइडी याद छैन भने पनि तपाइँले फेसबुकको आफ्नो एकाउन्ट एक्सेस गर्न (खोल्न) सक्नुहुन्छ। त्यसो त फेसबुक चलाउनका लागि इमेल नै आवश्यक पर्दछ भन्ने छैन।

a href=”http://doorsanchar.com/?attachment_id=9493″ rel=”attachment wp-att-9493″>02 login facebook without mail id
कतिलाई त फेसबुक खोल्दा प्रयोग गरेको इमेल पनि थाहा नहुन सक्छ। या फेसबुक खोल्नका लागि प्रयोग गरेको इमेल आइडीकै पासवर्ड बिर्सेको पनि हुनसक्छ। यदी यस्तो भएको खण्डमा पनि तपाइँले आफ्नो फेसबुक भने नियमित नै चलाउन सक्नुहुन्छ।
फेसबुकले आफ्ना प्रयोगकर्तालाई इमेल आइडी बाहेक पनि दुर्इ विकल्प दिएको छ। एउटा मोबाइल नम्बर र अर्को हो प्रयोगकर्ता नाम। तपाइँले आफ्नो इमेल आइडी बिर्सनु भयो भने पनि आफ्नो फेसबुक प्रयोगकर्ता नाम तथा मोबाइल नम्बर प्रयोग गरेर आफ्नो फेसबुक चलाउन सक्नुहुन्छ। मोबाइल नम्बरको माध्यमबाट फेसबुक चलाउनका लागि तपाइँले फेसबुक एकाउन्टमा आफ्नो मोबाइल नम्बर भने राखेको हुनुपर्छ। (फेसबुकले मोबाइल नम्बर राखेपछि एकाउन्ट भेरिफाइ पनि गरेको हुन्छ।) यसो भएको खण्डमा तपाइँले आफ्नो इमेल बिर्सेको खण्डमा मोबाइल नम्बर राखेर पासवर्ड हान्नुभयो भने तपाइँको फेसबुक खुल्छ।

यस बाहेक पनि तपाइँले आफ्नो फेसबुकमा रहेको नाम प्रयोग गरेर आफ्नो एकाउन्टमा प्रवेश गर्न सक्नुहुन्छ। त्यसका लागि पार्सवर्ड भने सम्झनु पर्छ। फेसबुक तपाइँलाई इमेल आइडी नै अनिवार्य गर्दैन चलाउनका लागि तपाइँसम्म फेसबुक पुग्नका लागि तपाइँको मोबाइल नम्बर पनि काफी हुन्छ।

यदी तपाइँलाई आफ्नो फेसबुक एकाउन्टमा प्रयोग गरेको पासवर्ड पनि थाहा छैन भने फेसबुकको पेजमा देखिने Forgot your password? मा क्लिक गरेर आफ्नो मोबाइल वा इमेलमा नयाँ पासवर्ड राख्ने माध्यम पाउनुहुनेछ दुरसंचार डट कमले जनाएको छ ।