नेत्रतालमा आन्तरिक पर्यटकको घुइँचो

563 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, धादिङको गुम्दी, मार्पाक, सल्यानकोट र त्रिपुरेश्वर गाविसको बिचमा रहेको आँखुखोला जलविद्युत आयोजनाले वनाएको वाँधलाई स्थानीयबासिन्दाले ‘नेत्रताल’को उपमा दिएका छन । जलविद्युत आयोजनावाट ८.५ मेगावाट क्षमताको विद्युत उत्पादन भई राष्ट्रिय प्रशारण लाईनमा जोडिईसकेको छ । आँखुखोला अर्थात नेत्रावतीमा वाँध हालेर वनाईएको करिव एक किलोमिटर क्षेत्रफलमा फैलिएको मानव निर्मित ताल भएका कारण नेत्रताल नामाकरण गरिएको हो । ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ट्रेकिङ एजेन्सीज एसोसियशन अफ् नेपाल(टान)को सहयोगमा स्थानीयवासिन्दाले  पर्यटकीय पुर्वाधार निर्माण गरी धादिङ जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनाउन लागि परेका छन । नेत्रताललाई पर्यटकीय गन्तव्य वनाउने अभियान अन्र्तगत यहाँका ३० जना युवालाई वोटिङ, फिसिङ, रेस्क्यु तथा खानाको परिकार वनाउने तालिम दिईएको नेत्रताल संरक्षण सुधार समितिका अध्यक्ष राजु श्रेष्ठले वताउनुभयो । रसुवा नुवाकोट, धादिङ र गोरखा जिल्लाको उत्तरी क्षेत्र जोड्ने (गणेश हिमाल पद मार्ग ) रुवी भ्याली क्षेत्रमा परेको  नेत्रताल  आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणमा परेको हो । नयाँ पर्यटकीय गन्तव्यको परिचय वनाउंदै गएको रमणीय नेत्रतालमा केही समय यता आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । तालको संरक्षणका लागी स्थानीयवासिन्दाले सक्रियता देखाउन थालेपछि तालको अवलोकन गर्न दैनिक करिव ८० जना आन्तरिक पर्यटकहरु आउने गरेको पनि श्रेष्ठले बताउनुभयो । २ वटा काठको र एउटा रवरको डुंगामार्फत वोटिङ गराइरहेको समितिले स्वदेशी पर्यटकलाई आधा घण्टाको काठको डुंगामा ३० रुपैयाँ र रवरको डुंगामा ६० रुपैयाँ शुल्क तोकेको छ भने विदेशी पर्यटकले १ सय र २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । सदरमुकाम धादिङबेसीवाट ३ घण्टाको मोटर यात्रा पछि नेत्रताल पुग्न सकिन्छ । नेत्रतालमा आन्तरिक पर्यटकको घुइँचो नेत्रतालमा आन्तरिक पर्यटकको घुइँचो नेत्रतालमा आन्तरिक पर्यटकको घुइँचो नेत्रतालमा आन्तरिक पर्यटकको घुइँचो

-उज्यालो अनलाईनबाट