त्रिशुलीमा बस खस्दा ५ को मृत्यु

768 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- काठमाडौंबाट धनकुटातर्फ जाँदै गरेको यात्रुबहाक बस चितवनको दारेचोक–४ स्थित फिस्लिङ नजिकै त्रिशुली नदीमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।
आइतबार राती पौने आठ बजे ना ४ ख ५८२९ नम्बरको बस पृथ्वीराजमार्गबाट करिव २ सय मिटर तल त्रिशुली नदीमा पल्टिएर दुर्घटना भएको हो। मृतक दुई महिला र ३ पुरुष रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिन्टरका प्रहरी विष्णु धरेलले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
घाइते १३ मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको उद्धारमा संलग्न प्रहरीले जानकारी दिए। काठमाडौंबाट १२ जनाको चलानी बाकेर गुडेको बसमा बाटोमा चढेका समेत गरी १८ जना रहेको छ । यस मध्ये चाल सहचालक को हुन भन्ने खुल्न सकेको छैन। घटनाको प्रारम्भिक अवस्था हेर्दा तीब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको धरेलले बताए।
घटनास्थलमा बस आधा बगरमा आधा पानीमा डुबेको अवस्थामा छ। दुई जना घाइतेलाई पानीबाटै उद्धार गरिएको छ। दुर्घटनामा पर्नेको संख्या थप हुन पनि सक्ने अनुमान गरिएको छ। उद्धार कार्यमा वरिष्ठ प्रहरी उपरिक्षकको कमाण्डमा एक सय जना सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय मुग्लिङ र स्थानीयले सघाएका थिए। घाइतेको कुरिनटारस्थित मनकामना पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका निम्ति तीन वटा एम्बुलेन्समा काठमाडौं पठाइएको नागरिकन्युज डट कमले जनाएको छ ।