मुग्लिन नारायणगढ सडक विस्तार आउँदो हिउँददेखि

790 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ,  – सरकारले मुग्लिन नारायणगढ सडक विस्तार गर्ने प्रक्रिया सुरु गरेको छ ।

अहिले पाँच मिटर चौडा रहेको सडकलाई ९ मिटर बनाउनका लागि विश्वव्यापी टेण्डर आह्वान गरेको र ठेकेदार छनोटको प्रक्रियामा गइसकेको सडक विभागले जनाएको छ ।

विश्व वैंकको ऋण सहयोगमा हुने सडक विस्तार अन्तर्गत अहिले मूल्यांकनको काम भइरहेको विभागका प्रवक्ता अर्जुनजङ्ग थापाले बताउनुभयो । आउँदो हिउँददेखि सुरु हुने सडक विस्तारको काम ३ वर्ष भित्र सक्ने लक्ष्य रहेको छ । थापाका अनुसार सडक विस्तारको डिजाइन गर्ने परामर्श दाता विश्व बैंकले नै छनोट गरेको छ भने सुपरिवेक्षण गर्ने परामर्श दाता छनोटको प्रक्रियामा गइसकेको छ ।

मुग्लिन–नारायणगढ सडक भित्ता काटेर नभए पर्खाल थपेर ९ मिटर गराइने छ । अहिले क्यारिज वे पाँच मिटर रहेकोमा ७ मिटर बनाउने र सम्भव भएको ठाउँमा दायाँबायाँ २ मिटर हार्ड सोल्डर अर्थात कालोपत्रे नै गरिने विभागले जनाएको छ उज्यालो अनलाईनमा खवर छ ।