धादिङमा प्रकृतिका सारथीहरुको भेला

455 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङमा प्रकृतिका सारथीहरुको भेला

वैरेनी, ७ वैशाख । पछिल्लो समयमा भू–मण्डलमा तापक्रम बढ्रने क्रम बढेसंगै प्रकृतिका सारथीहरु लाई चिन्ता बढेको छ । सन् १७५० मा २ सय ८० पार्टीकिल्स मिलीयन रहेको ग्रिन हाउस ग्यासको मात्र २ सय ५४ वर्षमा ३ सय ८० पार्टीकिल्स मिलीयन पुगेकोले अहिलेकै अवस्थामा ग्रिन हाउस ग्यास अनियन्त्रित रुपमा वृद्धि हुदै गए एकदिन पृथ्वीमा जीवित प्राणी नरहे प्रकृति–मानव केन्द्रित जनआन्दोलनका अगुवाहरुको चिन्ता रहेको छ ।

धादिङ जिल्लाको वैरेनी जिण्टेटारमा प्रकृति–मानव केन्द्रित जनआन्दोलन नेपाल ईकाइकोले मध्य र पश्चिमाञ्चलका प्रकृतिका सारथीहरुकालागी आयोजना गरिएको प्रकृति–मानव केन्द्रित जनआन्दोलन अध्ययन एंव जागरण शिविरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अगुवाहरुले विश्व कर्पोरेटको प्रतिफल जैविक–सामाजिक संकट र मानव अधिकारको लागि व्यवस्थागत विकल्प रोजि गर्न ढिला भएको बताए ।

दुई दिनसम्म चल्ने शिविरमा ८० जनाको सहभागिता रहेको शिविरमा प्रकृति–मानव केन्द्रित जनआन्दोलन नेपाल ईकाइका अध्यक्ष डा. डि.बि सिंहले सहि र गलत छुट्याउने प्रश्न, इतिहासमा कृषिको क्रमिक विकास,  प्रकृति–मानव केन्द्रित जनआन्दोलन सार्कस्तरीय ईकाइका घनश्याम चौहानले प्रकृतिका वारेमा, पर्यावरण कृषि र मानव समाजको भविष्य र प्रकृति–मानव केन्द्रित जनआन्दोलन भारत ईकाइका सञ्जन कुमारले वैश्विक उष्साकरण तथा मौसम परिर्वतनको चुनौती, विश्व कर्पोरेटको प्रतिफल जैविक समाजिक संकट र मानव जातिको लागि व्यवस्थागत विकल्प विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कार्यपत्र प्रकृतिलाई नीजि ठानी प्रकृति–मानव हित विपरित कार्य गर्ने समूहलाई लक्षित गरि तयार गरिएको छ कारोवार डेलि डट कम अनलाईनले खबर लेखेको छ । ।