हामी दोश्रो बर्षमा प्रवेश ग¥यौं

1509 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नेत्रावती मिडिया प्रा.लि.धादिङद्धारा संचालित धादिङ न्युज डट कम ( जिल्लाको पहिलो अनलाईन खबर पत्रिका)ले पहिलो बर्ष पूरा गरी दोश्रो बर्षमा प्रवेश गरेको छ ।20111030-090622 यस अवसरमा सर्वप्रथम हाम्रा सम्पूर्ण पाठक,स्तम्भकार,लेखक,समाचारदाता तथा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग,समर्थन,प्रतिकृया,सुझाव र सल्लाह दिंदै हाम्रो यात्रालाई निरन्तरता दिन साथ दिनुहुने सवैप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । यहांहरुको साथ र सहयोगले हामीलाई जुन उत्साह र हौसला मिलेको छ त्यस्ले निरन्तरता पाईरहनेछ भन्ने विश्वास लिएका छौं । अन्य संचारमाध्यमबाट गरिने पत्रकारिता भन्दा अनलाइन पत्रकारिताले अहिले विश्वभरनै विकासको गति समातेको छ ।पत्रकारितामा सबैभन्दा कान्छो विधाको रुपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्िरयता बढ्दो छ । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यमलाई चुनौति दिन सक्षम भइसकेको छ । विश्वभरमै परम्परागत मिडियाहरु अहिले पूर्णरुपमा अनलाइनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारिताको विकास र विस्तार तिव्र गतिमा हुनुले पनि अनलाईन पत्रकारिता धेरैको रोजाईको बिषय बनेको कुरालाई आत्मसाथ गर्दै २०७० साल बैशाख ११ गते अर्थात लोकतन्त्र दिवसको अवसर पारेर हामीले धादिङ न्युज डट कमको परिक्षण संस्करण यहांहरुका माझ प्रस्तुत गरेका थियौं । तीन महिना सम्मको परिक्षण पछि २०७० असार २१ गते औपचारिक रुपमा यस अनलाईनको शुभारम्भ गरिएको थियो । धादिङ न्युज डट कम लाई हामी यस मानेमा जिल्लाको पहिलो अनलाईन पत्रिकाको दावी गरिरहेका छौं । नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले अनलाईन मिडियाहरुको व्यवस्थापनका लागि प्रेस काउन्सिल नेपाल मार्फत आव्हान गरेको अनलाईन पत्रिका सूचिकरणमा धादिङ न्युज डट कम देशभरीवाट दोश्रो नम्बरमा र धादिङ जिल्लाको पहिलो र एक मात्र अनलाईन पत्रिकामा सूचिकृत हुन सफल भएको छ । राजधानीको छेउमै रहेको धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर ‘संसारभर धादिङको खबर’ भन्ने मुलमन्त्रका साथ नेत्रावती मिडिया प्रा. लि. धादिङले अनलाईन पत्रिका ‘धादिङ न्युज डट कम ’सुरुवात गरेको हो । धादिङ जिल्लामा जन्मिएर नेपाल र विश्वभरी छरिएका धादिङबासीका साथै धादिङ जिल्लालाई नजिकवाट नियाल्न चाहनेहरुलाई छिटो–छरितो रुपमा धादिङ जिल्लाको सूचना,समाचार बिचार र अन्य जानकारी प्रवाह गर्नु धादिङन्युजको मुख्य लक्ष्य रहेको छ । यहि लक्ष्यमा अडिग रहंदै हामीले पहिलो बर्ष पूरा गरेका छौं । सत्य तथ्य र छिटो–छरितो समाचारका साथै सन्तुलित एवं निष्पक्ष विश्लषणमार्फत आमजनतामाझ आफ्नो मिडियालाई पु¥याउन धादिङकै सबैभन्दा ठूलो अनलाइन सञ्जालको रुपमा विस्तार गर्ने हाम्रो योजना छ । जसका लागि सकेसम्म धेरैभन्दा धेरै स्वदेशी पाठक र सञ्चारकर्मीहरुका साथै विदेशमा बस्ने धेरैभन्दाधेरै नेपालीहरुलाई धादिङन्युज अनलाइन को महत्वपूर्ण अंशियारकै रुपमा आत्मसाथ गर्दै अघि बढ्ने कुरामा हामी सदैव दृढ संकल्पित छौं । परिर्वतनको सबैभन्दा ठूलो हतियार संचार हो । यसको लक्ष्य भनेको सूचना र संचारका माध्यमबाट आर्दश समाजको निमार्ण गर्नु हो । हामी पनि त्यही आर्दश समाज निमार्णका लागि जुटेका छौं । त्यसको प्रतिफल नै धादिङन्युज डट कम (अनलाइन पत्रिका) हो । हाम्रो यो आर्दश समाज निमार्ण र चेतनामूलक समाज निमार्ण गर्ने अभियानमा तपाईहरुको साथ र सहकार्यको हामीलाई सदैव खाचो पर्दछ । धादिङ जिल्लाको पत्रकारितामा फरक पहिचानका साथ प्रस्तुत हुँदै आईरहेको नेत्रावती साप्ताहिक र नेत्रावती अनलाईनको निरन्तरता र त्यहांको अनुभबलाई आधार मानेर नेत्रावती मिडिया प्रा.लि. ले धादिङ जिल्लाका समाचारलाई विशेष स्थान दिनेगरी धादिङन्युज डट कम सञ्चालनमा ल्याएको थियो । राजनैतिक मतभेद,हत्याहिसां,निराशा जस्ता विषय बस्तुलाई पहिलो प्राथमिकता दिने मुलधारका संचार माध्यमले जिल्लाका सबै समाचार समेटन नसक्ने यथार्थतालाई नजिकबाट नियाल्दै हामीले धादिङन्युज मा स्थानिय विषयमा धेरै भन्दा धेरै समाचार संप्रेषण गर्ने जर्मको गरिरहेका छौं । धादिङन्युज मार्फत जिल्लाको शिक्षा, स्वास्थ्य, बन तथा बातावरण,बिकास, कृषि, ब्यबसाय, पर्यटन तथा सामाजिक सबाल र सामाजिक परिवर्तनहरु लाई हामी समाचारमा पहिलो प्राथमिकता दिने छौ ।हाम्रो यात्रालाई अझै परिष्कृत र व्यवस्थित बनाउन तपाईंहरुको सकारात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछौं । तपाईहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधै अपेक्षा गर्दछौं ।

                                                        केशव अधिकारी

                                                         प्रवन्ध निर्देशक

                                                      नेत्रावती मिडिया प्रा.लि.धादिङ