खैराङमा दुई गोठ र घर जल्यो

436 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१२ बैशाख ः वनवाट फैलिएको आगोले मकवानपुर जिल्लाको खैराङ गाविसमा एउटा घर र दुई वटा गोठ जलेर नष्ट भएको छ ।
वनवाट फैलिएको डढेलोले खैराङ गाविसको वडा नम्बर १ वालुवाडांडाका ६५ बर्षिय बलवहादुर स्याङतानको घर र गोठ जलेर नष्ट भएको हो । शुक्रवार दिउंसो ४.३० वजे तिर बनवाट फैलिएको आगो परालको माचमा सल्किएपछि घर र गोठ पनि जलेको स्थानीयवासीले वताएका छन । आगलागीका कारण घर गोठ ,अन्नपात, लुगा कपडा र अन्य सामान समेत जल्दा स्याङतान परिवारलाई २ लाख ५० हजार भन्दा बढी नोक्सानी भएको वताईएको छ । घर गोठ जलेपछि स्याङतान परिवारको बिचल्ली भएको छ । यसैगरी खैराङ गाविसको वडा नम्बर ३ बरवलडांडामा पनि जंगलवाट फैलिएको आगोले स्थानीय अकलवहादुर कार्कीको गोठ पनि जलेर नष्ट भएको सुनवहादुर तामाङले धादिङ न्युजलाई जानकारी दिनुभयो ।