ल्हाप्साङकर्पो चलचित्र सर्बाेत्कृष्ठ

735 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ–- आर्मीअफिसर क्लब भद्रकालीमा बैशाख ११ गते बिहीवार तामाङ चौेतारी समुह र तामाङ चलचित्र संघको संयुक्त आयोजनामा भएको दोश्रो तामाङ फिल्म एण्ड म्युजिक अर्वाड २०७१ को सर्बोकृष्ठ जुरी एवार्ड रोशन फ्युबा द्घारा निर्देशित नेपालीभाषाको तामाङ चलचित्र ल्हाप्साङकर्पो ले जित्न सफल भएको छ ।
10172728_796447257033852_6176626172396337985_nधादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकको हिमाली भु–भागमा छायाँकन गरिएको ल्हाप्साङकर्पोले नेत्रावती, बेत्रावती र ईन्द्रावतीको मुहानवरिपरी बसोबास गरेका तामाङहरुको कथा बस्तुलाई समेटिएको छ । ल्हाप्साङकर्पोले दिपेन्द्र दोङको नालिस , सुकुमायाको पोङ र रोशन फ्युबाकै ङालाआङालाई पछाडी पार्दै जुरी अवार्ड हातपार्न सफलभएको हो । ल्हाप्साङकर्पो रोशन फ्युबाको पहिलो चलचित्र भएपनि बिभिन्नतामाङ, नेपाली म्युजिक भिडियोको सफल निर्देशन अनुभव पश्चात निर्देशन गरिएको हुनाले सफल चलचित्र बनेको हो ।
उक्त एवार्डले सबै ल्हाप्साङकर्पो टिमकै मेहिनेतको कदर भएको निर्देशक रोशन फ्युबाले बताउनु भयो । आयोजक तामाङ चैेतारी समुह र तामाङ चलचित्र संघलाई र जुरी मेम्बरहरुलाई पनि धन्याबाद ब्यक्त गर्नुभयो ।
ल्हाप्साङकर्पो चलचित्र मर्नेन वाईबा तामाङ, कान्छा लामातामाङ र छारमायाले निर्माण गरेको सुजन गुरुङले जानकारी दिनुभयो ।