अनिकालबाट बचाउने सहारा डोको (तस्बिर सहित)

660 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  – पाखो बारीमा भएको उत्पादनले तीन महिना मात्रै खान पुग्ने धादिङको उच्च पहाडी भेगमा बसोबास गर्ने चेपाङ समुदायले डोको र भकारी बेचेर जीवन निर्वाह गर्न थालेका छन् ।

‘वर्षभरी फलेको अन्नले ३ महिना पनि खान पुग्दैन’ महादेवस्थान गाविसको ब्रुसबाङ गाउँका सिद्धिबहादुर चेपाङले भन्नुभयो, ‘बाँकी ९ महिना डोको, भकारी बेचेर गुजारा गर्दै आएका छौं ।’

आफूले बुनेका डोका ताल्ति, मलेखु, गजुरी, मुग्लिन, कुरिनटारलगायतका बजारसम्म पुगेर बेच्ने र त्यही पैसाले अन्न किनेर लैजाने गरेको सिद्धिबहादुरले बताउनुभयो । एउटा डोकोको एक सय रुपैयाँ र भकारीको प्रति हात एकपाथी धानका दरले व्यापार गर्ने गरेको धुषा गाविसको दुङवाङका धनबहादुर चेपाङले बताउनुभयो ।

वर्षैभरी खानेकुराको अभाव झेल्नुपर्ने भएपछि केही चेपाङहरु अहिले डोको र अम्रिसोको कुचो बेचेर खानेकुराको जोहोमा लागेपनि वर्षौंदेखि डोको र कुचोको मूल्य नबढ्दा चेपाङले दुःखको मुल्य पाउन नसकेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङ बताउनुहुन्छ ।-

उज्यालो अनलाईनबाट 