बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रका बासिन्दासँग परामर्श

638 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, – बूढीगण्डकी जलविद्युत् आयोजनाको परामर्श दातृ संस्थाले गोरखा र धादिङ जिल्लाका प्रभावित क्षेत्रका बासिन्दासँग पहिलो चरणको परामर्श लिने काम सम्पन्न गरेको छ ।
परामर्श दातृ संस्थाले धादिङको सलाङस्थित कल्लेरी, गोरखाको घ्याल्चोकस्थित बसेरी र दुर्वुङफाँट, फुजेलको ढावे, धादिङको खरीस्थित बुङकोटघाट, गोरखाको वोर्लाङस्थित क्यामुनयर, वोर्लाङको घाटबेसी, धावाको बालुवाटार, आरुबोटेको आरुघाटबजारलगायतका बासिन्दासँग छुट्टाछुट्टै परामर्श गरेको हो ।
आयोजनाबाट पर्ने प्रभाव, त्यसबाट हुने क्षति र मुआब्जालगायतका विषयमा गरेको परामर्शमा स्थानीय बासिन्दाले आफूहरुलाई पुनर्वासको व्यवस्था गरिनुपर्ने र अधिकांशले आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको आयोजनाका डा तोरण शर्माले बताउनुभयो ।
छ सय मेगावाट विद्युत् उत्पादन हुने सो आयोजनाबाट धादिङ र गोर्खा जिल्लाका गरी २५ गाविसका बासिन्दा प्रभावित क्षेत्रअन्तर्गत पर्ने अवस्था रहेको छ ।