१७ मा बिहे १९ वर्षमा विच्छेद

472 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, १६ वैशाख – प्रचलित कानुनमा २० वर्ष उमेर पुगेका युवायुवतीले आफुखुसी बिहे गर्न सक्छन् । १८ वर्ष पूरा गरेका युवायुवतीको अभिभावकको मञ्जुरीमा विवाह हुनसक्छ । तर कम उमेरमा आफूखुसी विवाह गर्ने एकजोडीले २ वर्षमै सम्बन्धविच्छेद गरेका छन् ।_40431261_divorce_203

ढोला गाविसकी १७ वषर्ीया संगीता बुढाथोकी (नाम परिवर्तन) ले सुनौलाबजारका १८ वषर्ीय युवासँग डेढ वर्षअघि प्रेम विवाह गरेकी थिइन् । यतिबेला भने सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत आएकी छन् । श्रीमान वैदेशिक रोजगारमा गएपछि दोस्रो विवाह गरेर उनी सम्बन्धविच्छेद गर्न आएकी हुन् । उनले गरेको दोस्रो विवाह पनि कानुनद्वारा प्रतिबन्धित छ । १९ वषर्ीय युवकसँग संगीताले दोस्रो विवाह गरेकी हुन् । कक्षा १० मा अध्ययनरत छिमेकी युवकसँग अन्तरजातीय विवाह गरेकी उनी पहिलो पतिबाट लिएको नागरिकता त्यागेर नयाँबाट रोजगारीका लागि विदेश जान चाहन्छिन् ।

चालू वर्षमा मात्र जिल्ला अदालतमा ५७ थान सम्बन्धविच्छेद मुद्दा दर्ता भएको छ । अन्यको तुलानामा सम्बन्धविच्छेद मुद्दा अत्यधिक रहेको श्रेस्तेदार राजेन्द्र वाग्लेले बताए । ‘श्रीमान् वैदेशिक रोजगारमा गएको परिवारमा सम्बन्धविच्छेद बढी हुने गरेको छ,’ उनले भने । सामजिक विकृतिका रूपमा सम्बन्धविच्छेदका घटना बढेको उनको भनाइ छ । कम उमेरमा विवाह गर्नेबीचको सम्बन्धमा समस्या आउने गरेको वाग्लेले बताए ।

साङ्कोष ३ का २५ वर्षीय श्रीमान कृष्णप्रसाद लम्सालले २१ वर्षीया श्रीमती मनिता (नाम परिवर्तन) लाई कुटपिट गरी घरबाट निकालेपछि पीडितले सम्बन्धविच्छेद मुद्दा दर्ता गराइन् । अदालतले मनितालाई मुद्दाको फैसला नभएसम्म मासिक ५ हजार खर्च दिन आदेश दिएको छ । ‘घरेलु हिंसाका घटनामा अदालतले पहिलो पटक अन्तरिम आदेश दिएको हो,’ स्रेस्तेदार वाग्लेले भने ।

दुई वर्षअघि विवाहबन्धनमा बाँधिएको यो जोडीको बिहे दर्तासमेत नभएको पीडितले बताइन् । सासूससुरा, जेठाजुजेठानीले समेत कुट्न थालेपछि छुट्टै रहने निर्णय गरेर उनी अदालत पुगेकी थिइन् । कात्तिक ८ गते निर्घात कुटेर घर निकाला गरेको भन्दै मनिताले मंसिर ३ मा मुद्दा दर्ता गराएकी हुन् । हाल उनी माइतीको शरणमा छिन् । रक्सी पिएर दैनिक कुटपिट गर्दै घर निकाला गरेको उनको जिकिर छ । ‘विवाह भएपछि ६ महिना १६ दिनभन्दा घरमा बस्न सकिनँ,’ उनले भनिन्, ‘कपडा जलाएर लखेटेपछि अदालत गएँ ।’ सहनै नसकेपछि सम्बन्ध विच्छेदकै निर्णय गरेको उनी बताउँछिन् । उनी हाल बीएड तेस्रो वर्ष अध्ययरत छिन् भने कृष्णप्रसाद सदरमुकामको निजी विद्यालयमा पढाउँछन् ।

विवाह मण्डपको फोटो र साक्षीको बयानपछि अंशबन्डासहित घरेलु हिंसाको मुद्दा अघि बढाएको वाग्लेले जनाए । ‘पीडितलाई न्याय दिन अदालतले नै चासो दिएर, विवाहको फोटो र सर्जमिन गराई मुद्दा अघि बढाएको हो,’ वाग्लेले भने । पीडक कृष्णप्रसाद भने मुद्दाको बयानमा समेत अनुपस्थित हुने गरेका छन् ई कान्तिपुर डट कमले खबर लेखेको छ ।