फोटो ग्यालरी

धर्मकांटाको नाममा करोडौंको राजस्व ठगि

केशव अधिकारी धार्के ( धादिङ), - ट्रक यातायात व्यवसायी संघ नेपाल केन्द्रिय कार्यालय बल्खु काठमाण्डौंको नामबाट धार्केमा संचालन गरिएको धर्मकांटाबाट दैनिक लाखौं रुपैया राजस्व ठगि हुने गरेको पाईएको छ । मालवाहक सवारी साधनहरुको भार परिक्षणका निम्ति संचालन गरिएको धर्मकांटाले धेरै सामान वोक्ने सवारी साधनवाट रकम लिएर परिक्षणनै नगर्ने गरेको..

सुनिताले नेपाल पुगेर फोन गर्दा मेरा आँखा रसाए

बालकृष्ण श्रेष्ठ – आठ वर्षअघि मास्टर्स कम्युनिकेसन इञ्जिनियरिङ अध्ययनका लागि फिनल्यान्ड आएको थिएँ । त्यसको एक वर्षपछि सफ्टवयर इञ्जिनियरिङको रुपमा दूरसञ्चार कम्पनीमा काम सुरु गरें । यहाँ आउनुको मुख्य उद्देश्य अध्ययन थियो, त्यो पूरा भयो । त्यसपछि म नियमित ड्युटीमा समय बिताउँछु । परदेशमा भएर होला देश र आफन्तसँग जोडिन इन्टरनेटमा..

१ सय जना बालबालिकाहरुलाई छात्रबृद्धि वितरण

पिडा -गजुरीपिडा उच्च माध्यमिक बिद्यालय पिडा ५ को प्राङ्गणमा आईतबार बिभिन्न १३ बिद्यालयमा अध्ययनरत श्रमिक र आर्थिक अवस्था कमजोर चेपाङ बालबालिकाहरुहरुलाई बिद्यालय अध्ययन सहयोग सामाग्री वितरण गरिएको छ । यूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरको साझेदारीमा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत प्रयास नेपाल धादिङ पिडा..

सातौँँ पटक पनि सत्प्रतिसत नतिजा

धादिङ, -सामुदायिक विद्यालयहरुको नतिजा खस्किएको आरोप लागिरहँदा धादिङ जिल्लाको एक सामुदायिक विद्यालयले लगातार सातौँ पटक एसएसली परीक्षामा सत्प्रतिसत नतिजा ल्याएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन किलोमिटर दुरीमा रहेको सुनौलो भैरवी माध्यमिक विद्यालयले सातौँ वर्षमा पनि एसएलसी परीक्षामा सहभागि सबै विद्यार्थी उत्तीर्ण गराएर..

धादिङका १ हजार ६ सय ४२ घर सहित भूकम्पले अति जोखिममा परेका २० हजार घर सार्ने सरकारको निर्णय

जोखिमका घर सार्ने/नसार्ने अधिकार सीडीओलाई सरकारले भूकम्पले अति जोखिममा परेका १८ जिल्लामध्ये १५ जिल्लाका २० हजार घर सार्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण जोखिमयुक्त बस्तीलाई १५ दिनभित्र सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् र सम्बन्धित क्षेत्रका सभासद्हरूको..

सदरमुकाम धादिङवेसीलाई नियाल्दै इन्द्रेणी

सदरमुकाम धादिङवेसीलाई नियाल्दै इन्द्रेणी : मनसुन शुरु भएपछि छिनमै बर्षा हुने र छिनमै घाम चर्कने क्रम सामान्य हुन थालेको छ । एकाविहानै पानी परेपछिल छिनभरमै धादिङबेसीको आकाशमा देखिएको इन्द्रेणी । तस्बिर : केशव अधिकारी /धादिङ..

नलाङ प्रहरी चौकीको शिलान्यास, भुकम्पले ध्वस्त प्रहरी चौकी पुर्न निर्माण अभियान शुरु

केशव अधिकारी धादिङ,३१ जेठ - भुकम्पले प्रहरी चौकी भत्किएपछि तत्काल अस्थायी कार्यालय तयार पारेर सेवा प्रवाह गर्दै आईरहेको धादिङको नलाङ प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न शुरु गरिएको छ । भुकम्पले ध्वस्त पारेको प्रहरी चौकीको पुर्ननिर्माणका लागि प्रहरीले धादिङको नलाङबाट अभियान शुरु भएको घोषणा गरेको छ । बैशाख १२ को भुकम्पले प्रहरी चौकी..

सहयोगी मनबाट थाक्रे–३ का सय परिवारले पाए जस्ता पाता

धादिङ, ११ जेठ - झण्डै एक महिना खुल्ला आकाशमुनी नाम मात्रको पालमा बस्दै आएका धादिङ थाक्रे–३ का बाबुराम सुनार आईतबार निकै खुसी देखिनु हुन्थ्यो । सुनारको अनुहारमा मात्रै होइन जस्ता पाता पाउने सबैको मुहारमा केही चमक देखिएको थियो । महाभुकम्पले छिया छिया पारेको मुटुलाई टाल्दै गाउंलेहरु खुसी व्यक्त गरिरहेका थिए । विनाशकारी महाभूकम्पले घरबास..

पहिरोको जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिदै

केशव अधिकारी धादिङ,१० जेठ- महाभुकम्प पछि पहिरोको जोखिममा परेका बस्तिका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन उर्जा मन्त्री राधा ज्ञवालीले जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङलाई निर्देशन गर्नु भएको छ । भुकम्प प्रभावित क्षेत्रहरुको स्थलगत अनुगमन तथा त्यहांको पछिल्लो अवस्थाको अध्ययनका लागि धादिङ खटिनु भएका..

प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदी धादिङमा

धादिङ–आपतकालिन अवस्थामा प्रहरीले संयमित भएर जनताको जिउ धनको सुरक्षा गर्नु पर्ने नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदीले बताउनु भएको छ । भुकम्पबाट प्रभावित भएका प्रहरी चौकीहरुको अनुगमनका लागि शुक्रवार धादिङको नलाङ स्थित प्रहरी चौकी आउनु भएका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदीले नेपाल प्रहरीले भुकम्प..

महाभुकम्पबाट धादिङमा के कति क्षती भयो -कस्ले कति राहत पाए

केशव अधिकारी धादिङ,६ जेठ- भुकम्पमा परी धादिङ जिल्ला भित्र ज्यान गुमाउनेको संख्या ७ सय २८ जना पुगेको छ । ३ हजार भन्दा बढी घाईते भएका छन भने ती मध्ये ७ सय ३८ जना गम्भिर अवस्थामा रहेका छन । जिल्ला दैवि प्रकोप उद्धार समितिले बैशाख १२ गतेको महाभुकम्प पछि जेठ ५ गते सम्मको स्थिती सार्वजनिक गर्दै जिल्लामा भएको क्षती, उद्धारका प्रयास र बितरति राहतको..

बालवालिकालाई मानसिक आघात हुन नदिन बालमैत्रीस्थल

धादिङ, ३१बैशाख - महाभुकम्पको कारण उत्पनन असहज परिस्थितीले उति बेला वालवालिकामा मात्रै होइन, वयष्क र जेष्ठ नागरिक समेत त्रास बढ्दै गईरहेको छ । एक पछि अर्को पराकम्पन बढ्दै जांदा भत्किन बांकी रहेका घर तथा अन्य संरचना ढल्दै गईरहेको छ । आंखै अगाडी देखिएको अकल्पनिय विध्वसंका कारण बालबालिकालाई मानसिक आघात पर्न नदिन धादिङको सदरमुकाम..

त्रिपुरा पुस्तक पसलको पहलमा गाउं गाउंका भुकम्प पिडितलाई सहयोग

धादिङ– महाभुकम्पमका कारण बिचल्लीमा परेका स्थानीयवासीको सहयोगका लागि विभिन्न संघ सस्था,विदेशी सहयोगी दाताहरु,सरकारी निकाय सक्रिय रहेपनि गाउं गाउंमा अझै सम्म राहत पुग्न सकेको छैन । भुकम्पमा परेर घरविहीन हुन पुगेपनि अहिले सम्म कुनै किसिमका राहत सहयोग नपाएकाहरुको लागि निजी प्रयासमा राहत सामाग्री बितरण गरी सहयोग गर्नेक्रम बढ्न थालेको छ..

सुगमका वस्तिमै अझै पुगेन राहत -महाभुकम्पमा परेर ज्यान गुमाउनेको संख्या धादिङमा ५ सय ९३

केशव अधिकारी धादिङ,१७ बैशाख-महाप्रलयकारी भुकम्पमा परेर घरवार विहिन हुन पुगेका सयौं परिवार अझै पनि कसैको सहयोग विना खुल्ला आकाश मुनी एक छाक खाएर बस्न वाध्य भएका छन । जिल्लाको सम्पूर्ण शक्तीले भुकम्प पिडितलाई सहयोगका लागि सक्रियता देखाईरहेको भएपनि राजमार्ग आसपासका प्रकोप पिडितहरु ऋझै सम्म सहयोग पाउन बाट बञ्चित भएका छन । घरभत्किएर..

सीपमूलक सिलाईकटाई तालिम सम्पन्न

 पिंडा -पिछडिएका महिला तथा बालबालिकाहरूको हितमा संघर्षरत नाफारहित गैरसरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) द्वारा बिगत छ महिनादेखि धादिङ जिल्ला स्थित पिंडा गा.बि.स. मा संचालित सिलाईकटाई तालिमको समापन भएको छ । आज सम्पन्न दिक्षान्त समारोहमा धादिङका पिंडा, कुन्पुर र गजुरी गाबिसका गरि जम्मा २१ जना यूवतिहरू दिक्षित भएका छन् । कमजोर आर्थिक..

समाचार

सबै

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले.....

Categories