समाचार

धम्क्याएर २० लाख लिन खोज्ने सन्तोष कँडेल पक्राउ

काठमाडौँ - धम्की दिएर एकल महिलासँग २० लाख रुपैयाँ असुली गर्न खोजेको आरोपमा धादिङको वेनिघाटरोराङ -५ का सन्तोष कँडेल पक्राउ परेका छन् । धादिङको वेनिघाट रोराङ ५ घर भई काठमाण्डौ नयाँबजार बस्ने २७ वर्षका कँडेललाई काठमाण्डौ बालालुबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो । कँडेललाई स्युचाटारकी एकल महिला रन्जु त्रिपाठी  संग २० लाख रुपैयाँ नदिए..

भुलभुले थुम्किमा जिप दुर्घटना हुंदा १० जना घाईते

धादिङबेसी- धादिङबेसीबाट नीलकण्ठ नगरपालिकाको खाल्टे पात्ले तर्फ जांदै गरेको ग १ ज ६०६१ नम्बरको वोलेरो जिप नीलकण्ठ नगरपालिका वडा नम्बर ३ भुलभुले थुम्किमा दुर्घटना हुंदा १० जना घाईते भएका छन । मंगलबार दिउँसो सवा ३ वजे तिर भएको दुर्घटनामा परि जीपमा सवार १० जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले उनिहरुलाई थप..

समसामयिक बिषयमा पत्रकारका लागि अभिमुखिकरण

वेनिघाट रोराङ - धादिङ र चितवन जिल्लाका पत्रकारहरुका लागि नेपाली पत्रकारिताको पछिल्लो अबस्था, आचार संहिता लगायतका बिषयमा आधारभूत जानकारी दिने उद्धेश्यले एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार वेनिघाट रोराङमा सम्पन्न भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा बाताबरण पर्यटन तथा उर्जा सरोकार पत्रकार मञ्च (जिट) नेपालले अभिमुखिकरण..

धौखोला नजिकै बोलेरो दुर्घटना, १५ जना घाइते

धादिङ, १५ भदौ -  धादिङको नीलकण्ठ नगरपालिका –९ धौखोला नजिकै बोलेरो जिप दुर्घटना हुंदा १५ जना घाईते भएका छन् । जिल्लाकै ज्वालामुखी गाउँपालिका–५ खरिबाट यात्रु लिएर सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो जिप आईतबार विहान ९.२० वजे तिर धौखाला नजिकै सडकबाट ५ मिटर तल खस्दा १५ जना घाइते भएका हुन । दुर्घटनामा परि घाइते भएका मध्ये..

प्रदेश सरकारको  पहिलो प्राथमिकतामा कृषि क्षेत्र : मुख्यमन्त्री पौडेल

हेटौंडा, १४ भदौ - ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका माछा पोखरी तथा तरकारी फर्महरुको अवलोकन गर्दै उहाँले  कृषि  उत्पादन बढाउन प्रदेश सरकार तत्पर रहेको समेत स्पष्ट पार्नुभयो । कृषि क्षेत्र..

मुक्तिनाथ विकास बैंकको  हकप्रद सेयर बिक्री खुला

धादिङ- मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गते विहिबार बाट बिक्री खुला भएको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०५ अर्थात १० : २ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप..

कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा शुरु

धादिङ, १२ भदौ - चितवनको कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा आएको छ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडक खण्डमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त एम्बुलेन्स सेवा सञ्चालन आएको हो । एम्बुलेन्स संचालकहरु कमिशनको चक्करमा फस्दा विरामी र उस्का आफन्तले आफुँले रोजेको अस्पतालमा उपचार गर्न..

गैरीगाउँबाट प्रहरीले शुरु ग¥यो गाँजा फडानी अभियान

धादिङ, ११ भदौ – धादिङ प्रहरीले अवैध गाँजा खेती फँडानी अभियान सुरु गरेको छ । बुधवार जिल्लाको गजुरी गाउँपालिकाको वडा नम्बर ४ गैरीगाँउमा पुगेर ५० जना प्रहरीले करीब २ सय ५० रोपनी  जमिनमा लगाइएको गाँजा खेती फँडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारको नेत्तृत्वमा गएको प्रहरी टोलीले गैरी गाउँमा पुगेर..

सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट ५ सार्वजनिक

काठमाडौं –‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४२ विद्यामा २१० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड..

जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा सम्पन्न

धादिङ, ११ भदौ - जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको जिल्ला सभाको प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेल रहनु भएको थियो । जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पौडेलले स्थानीय तहले..

धादिङ बारका पूर्व अध्यक्ष दुर्गा तिवारीको निधन

धादिङ,१० भदौ - धादिङ जिल्ला अदालत बार एशोसियशनका पुर्व अध्यक्ष अधिवक्ता दुर्गा तिवारीको उपचारको क्रममा सोमबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा निधन भएको छ । २०७४ वैशाख १३ गते रातिको २ बजे धादिङबाट काठमाडौं गईरहेको तिवारी बढेको एम्बुलेन्सल थांक्रेगाउँपालिकाको एक्लेफाँट भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको..

रवि लामिछाने सहित तीनै जनाको पहिलो तारेख असोज ५ मा

चितवन, भदौं ९–चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ । सोमबार चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि तीनै जनालाई साक्षी तारेखका लागि असोज ५ गतेको मिति तय गरेको हो । चितवन जिल्ला न्यायधिश हेमन्त रावलले रवि ५ लाख,..

रवि लामिछाने छुटे ५ लाख धरौटीमा

धादिङ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएर अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेको  सिधा कुरा जनता सँग कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटेका छन । लामिछाने संगै न्यूज 24 का पत्रकार युवराज कँडेल ३ लाख धर्राैटीमा र अस्मिता कार्की रुकु साधारण तारेखमा रिहा भएका छन । सोमबार जिल्ला अदालत, चितवनका..

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५..

समाचार

सबै

धादिङका आठ सामुदायिक बिद्यालयमा आईटि ल्याव स्थापना हुंदै

धादिङ,३ कात्तिक- सरकारले साढे ३ अर्ब रुपैयाँ खर्च गरेर धादिङका ८ सहित देशभरका १ हजार विद्यालयमा सामुदायिक सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण.....

धादिङबेसीको खानेपानी परीक्षण गरेर मात्रै पिउनुहोस

धदिङ,२ कात्तिक - सदरमुकाम धादिङबेसीका बासीन्दाले प्रयोग गर्दै आएको खानेपानीमा झाडा पखाला र हैजामा भेटिने किटाणु.....

स्थानीयतहका जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा कानून विपरित

काठमाडौं । जनताको मत बाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु जनताको आधारभूत सेवाका लागि चाहिने निति.....

नौबिसे-कलंकी सडक एकतर्फी गराएर मर्मत शुरु

धादिङ । सर्वाधिक सवारी चाप रहने गरेको देशका करिव ७० जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने मुख्य सडक मार्गको.....

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन.....

Categories