समाचार

नीलकण्ठ मेयर कपको उपाधि चुम्यो धादिङ फुटसलले

धादिङ, २८ जेठ - नीलकण्ठ नगरपालिकाको आयोजनामा सदरमुकाम धादिङबेसीमा पहिलो पटक आयोजना गरिएको नीलकण्ठ मेयर कप २०७५ सम्पन्न भएको छ । प्रतियोगितामा १ लाख ५ हजार पुरस्कार राशीको फुटबलको उपाधी धादिङ फुटसल टिमले चुमेको छ । गएको शुक्रवार देखि शुरु भई सोमबार सम्पन्न भएको खेलको फाईनलमा धादिङ फुटसल र साँङकोष बीच भएको प्रतिस्पर्धामा विपक्षी समूहलाई..

चैनपुर खानेपानी आयोजनाको उद्घाटन, गाउँवासीमा छायो खुसीयाली

धादिङ न्यूज समाचारदाता चैनपुर- धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चैनपुर,धारापानी, डाँडाथोक, कोटथोक, खानेपानी तथा सरसफाई आयोजना मंगलबार उद्घाटन गरिएको छ । विश्वबैकको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाई विकास कोष समिति (फण्डबोर्ड) नेपालले स्थानीय गैर सरकारी संस्था फोकस नेपाल मार्फत २०७० सालमा शुरु गरि २०७२ को..

जलयात्राको पहिलो गन्तव्य त्रिशूली नदीमा फोहोर बढ्यो

धादिङ- हिउँद होस या बर्ष त्रिशूली नदी सदावहार हिलाम्मे भएर बग्न थालेको पनि एक दशक बढि भईसकेको छ । जलयात्राका लागि कुनै बेला नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यस्थलका रुपमा चिनिएको त्रिशूली नदीको धादिङ खण्डमा अहिले बिस्तारै जलयात्राको संख्या घट्दै गएको छ । नदी छेउ छाउमा बढ्दै गएको अव्यवस्थित बसोबास, नदी अतिक्रमण गरि सञ्चालन गरिएका..

सुरेनले ल्याए ‘पिरती लरी लै’

  काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् ।गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन्..

बुढाथुम स्वास्थ्यचौकीमा सामाजिक परिक्षण

धादिङ ,२५ जेठ - धादिङको गंगाजमुना गाउँपालिका ७ बुढाथुममा गंगाजमुना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिबार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सामुदायिक स्वास्थ्य सम्बन्धी कार्यक्रम, महिला स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु निरन्तर संचालन गरिने बताउनुभयो ।  गंगाजमुना..

यसरी पोखिए प्रखर स्रस्टा हरि कृष्ण काफ्ले

जब शब्दमा कलाको सम्मिश्रण हुन्छ तब शब्दले कबिता, मुक्तक , गीत , गजल जस्ता साहित्य सिर्जनाका विभिन्न बान्किको रुप धारण गर्दछ । यिनै सिर्जनाका विभिन्न बान्की हरुका बिच यसरी पोखिए रौतहटमा रहि मुक्तक बिधामा कलम चलाइरहेका प्रखर स्रस्टा हरि कृष्ण काफ्ले। कमजोरलाई सताएर बेइमान र खुनी बाँच्छ लाचारीमा एउटा जीवन गधाको जुनी बाँच्छ सबलाई समान..

सिद्धलेकका महिला समूहमा शशक्तिकरण तालिम

कुम्पुर–सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटार र वडा नं ६ को खरमटारमा आधारशीला तालिम सम्पन्न भएको छ । चार दिन सम्म चलेको तालिमका सहभागीहरुले आँफुले सिकेको ज्ञान सीप व्यवहारमा लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । कुन्नेश्वरी स्बबलम्बी महिला समुह पिपलटार र जनचेतना स्वाबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले..

धादिङमा आल्मुनियम,स्टिल र ग्रील व्यबसायीहरुको तदर्थ समिती गठन

धादिङ -  धादिङ जिल्लाका विभिन्न स्थानमा रहेर आल्मुनियम , स्टिल र ग्रील व्यबसाय सञ्चालन गर्दै आईरहेका व्यवसायीहरुको प्रारम्भिक भेला जेठ २४ गते  धुनिवेशी नगरपालिकाको धार्केमा सम्पन्न भएको छ । भेलाले रमेश प्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्य तदर्थ समिती गठन गरेको छ । समितीको सहसंयोजकमा दिपक खड्का सदस्यहरुमा सफल कुँवर,सन्तोषकुमार भट्ट,..

जेठ २५ गते त्रिशूली नदीमा ३१ औँ वार्षिक जलयात्रा उत्सव हुंदै

धादिङ-  नेपालमा पहिलो पटक व्यवसायिक रुपमा जलयात्राको शुरुवात भएको त्रिशूली नदीको बैरेनी महेशदोभानमा ३१ औँ वार्षिक जलयात्रा उत्सव आयोजना हुने भएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ २०७६ साल जेठ २५ गते शनिबार त्रिशूली नदीको बैरेनी महेशदोभान देखि मलेखु सम्म ३१ औँ वार्षिक जलयात्रा उत्सव हुन..

तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ

धादिङ २३ जेठ – नेपाली काँग्रेस निकट नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधे उपनामले चिनिने राधाकृष्ण भण्डारी गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन् ।  बुधबार साँझ धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ कात्राकबाट भण्डारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार खुँडा र चक्कु देखाउँदै..

स्वास्थ्यलाई हानी पु¥याउने बिषादी मिसिएको आँप वजारमा

धादिङ -  नेपाली वजारमा अहिले भारतीय वजारबाट ल्याईएको बिषादी मिसाईएको  आँप  बिक्री बितरण बढ्दै गएको छ । जेठ दोस्रो साता देखि तराईका जिल्लामा  आँप  पाक्न सुरु गरेको छ ।  तर ति आँप बजारमा नपुग्दै बैसाख मध्य देखिनै धादिङ सहित नेपाली बजारमा आँप धमाधाम बिक्री भइरहेका छन् । हाल बजारमा पाइने आँप भारतीय बजारबाट भित्र्याइएका हुन् ।धादिङको सदरमुकाम..

धादिङको खाल्टेमा करेन्ट लागेर बालिकाको मृत्यु

धादिङ, २२ जेठ -  धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा करेन्ट लागेर ९ बर्षिया बालिकाको ज्यान गएको छ । स्थानिय मनकामना देवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत सुस्मिता थापा मगरको बुधवार विहान ११ बजे तिर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । धारामा नुहाएर घर फर्किए लगत्तै उफरको तार स्विच बक्समा जोड्ने क्रममा उनलाई करेन्ट..

बूढीगण्डकी प्रभावित क्षेत्र आरुघाट र खहरे बजारको मुआब्जा तोकिएन

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेको धादिङ र गोरखाको दुई हजार चार सय रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । उनीहरूले आयोजनाले मुआब्जा वितरण गर्न थालेको चार वर्ष हुन लाग्दासमेत बजार क्षेत्रको मुआब्जा निर्धारण नभएकामा आपत्ति जनाउँदै तत्काल प्रक्रिया सुरु गर्न..

टाटासुमो त्रिशूलीमा खस्दा तीन जनाको मृत्यु, तीन जना वेपत्ता

रसुवा २१ जेठ -  रसुवा जिल्लाको मैलुङ–स्याँफ्रुबेंशी सडकखण्डमा सोमवार साँझ भएको टाटासुमो दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ३ जना अझै बेपत्ता छन् भने ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा रसुवा जिल्लाकै आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी..

उद्योग वाणिज्य महासंघ प्रतिनिधि मण्डल युरोप भ्रमणमा ,धादिङका पनि ३ जना सहभागी

धादिङ । नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल उद्योग वाणिज्य महासंघको एक प्रतिनिधिमण्डल युरोप भ्रमणमा गएको छ । लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल मंगलबार स्वीजरल्याण्ड..

समाचार

सबै

पसल चोरी गर्ने समुह पक्राउ

धादिङ,२ भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका वडा नम्बर ४ किङताङफेदीमा रहेको पसलमा चोरी गरि भागेको समूहलाई पक्राउ गरेको छ । चोरी गर्ने.....

नुवाकोटबाट हराएको मोटरसाईकल धादिङ प्रहरीबाट फिर्ता

धादिङ,२ भदौ - नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ८ बस्ने सन्जय.....

नाडेपका कर्मचारी दुई साता देखि आन्दोलनमा

धादिङ,१ भदौ-  धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरु.....

चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत.....

सिरानवजारमा पहिरो रोक्न सडक छेउमा वृक्षारोपण

धादिङबेसी-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानवजारमा मुख्य सडक भासिएर दर्जनौं घर जोखिममा पर्ने क्रम.....

Categories