ब्रेकिङ समाचार

आज लक्ष्मीपूजा घर घरमा धन धान्यकी देवी लक्ष्मीको पुजा गरिंदै

यमपञ्चकको तेस्रो दिन आइतबार साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।  बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार आइतबार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ। ..

थांक्रे र नौविसे गाविसको २५ स्थानको पानीको मुहानमै हैजा

धादिङ १३ कात्तिक,। तपाईले पिउने गरेको पानीको मुहान कस्तो छ ? त्यहाँको पानी पिउन योग्य छ कि छैन ? खानेपानी पिउंदा हैजाको किटाणु पनि पिउनु भएको त छैन । धादिङको थांक्रे र नौविसे गाविसमा गरिएको एक अध्ययन पछि हरेक मानिसले पानीको नाममा हैजाको किटाणु पनि पिउने गरेको रहस्य वाहिर आएको छ । उपभोक्ताहरुले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको किटाणु..

धादिङमा रुवी भ्याली क्षेत्रअन्तर्गत (हिमालयन स्काइ ट्रेल )नयाँ पर्यटकीय पदमार्ग खुल्यो

अच्युत रेग्मी गुम्दी, (धादिङ) । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्रअन्तर्गत हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । धादिङको उत्तरी क्षेत्रमा पर्ने समुद्री सतहदेखि एक हजार ५०० फिटको उचाइमा रहेको नेत्रतालदेखि झन्डै ११ हजार उचाइमा रहेको तीनसुरे भञ्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय..

घुम्नैपर्ने संसारका देशमध्ये नेपाल पाँचौंमा

विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । मंगलबार सार्वजनिक भएको सूचीमा नेपाल पाँचौं स्थानमा परेको हो । दक्षिण एसियाबाट सूचीमा पर्ने एक मात्र देश नेपाल हो । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षको अन्त्यतिर आउँदो..

नापी कार्यालयमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७० जना घाइते

हेटौँडा, कात्तिक ११ -बुधवार दिउंँसो दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन्। घाइतेमध्ये २५ जना हेटौँडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित..

मकवानपुर नापी कार्यालयमा आगलागी,१९ जना घाइते

  मकवानपुर नापी कार्यालयमा आगलागी भएको छ। आगलागीबाट १९ जना घाइते भएका छन्। घाइते हुनेमा कार्यालयका कर्मचारी र सेवा ग्राही छन्।  घाइतेमध्ये १६ जनाको हेटौंडा अस्पताल र ३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो निभाउने क्रम जारी छ।आगलागीबाट केही कागजात जलेका छन्। प्रहरीले कार्यालयभित्रका..

आइएसद्धारा ३० जनाको अपहरणपछि हत्या

१० कात्तिक,काठमाडौँ । अफगनिस्तानमा इस्लामिक स्टेट आईएसले ३० जनाको अपहरण गरी हत्या गरेको छ ।अफगानिस्तानको घोर प्रान्तमा काठ संकलन गरिरहेका सर्वसाधारणको अपहरणपछि हत्या गरेको बताइएको छ । सर्वसाधारण अपहरणमा परेको खबरपछि सेनाले कारवाही गरेको थियो । सेनाले कारवाही थालेपछि अपहरणमा परेकाहरुलाई आइएसले गोली हानी हत्या गरेको अफगानी..

कम्प्यूटर छाडेर गोबर सोर्नेलाई सम्मान

  धादिङ, ९ कात्तिक – प्राविधिक काम छाडेर गाई भैँसी पाल्न थाल्नुभएका धादिङका एक युवक राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित हुनभएको छ । १० वर्षदेखि कम्प्युटरको हार्डवयर र सफ्टवयर सम्बन्धी काम गर्दै आउनुभएका सलाङ गाविसका अर्जुन त्रिपाठी गएको चार वर्षदेखि गाईभैँसी पालेर दुध बिक्री गर्न थालेपछि चर्चा कमाउँदै आउनुभएको थियो । ​राष्ट्रपति..

धादिङका ग्रामीण सडकमा यातायात बन्द

धादिङबेसी: रुट परमिट नभएका सवारीका साधनलाई जिल्लाका ग्रामीण क्षेत्र प्रवेशमा रोक लगाइएको छ । यससँगै सदरमुकामबाट ग्रामीण क्षेत्रको सवारी आवागमन ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले रुट परमिटबिना सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढेको भन्दै ग्रामीण क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो । यात्रु बोक्ने सवारी साधनसहित..

स्थानीय तहको सङ्ख्या ५०७ देखि ७४४ सम्म

६,कात्तिक,काठमाडौँ । स्थानीय तह पुनःसंरचना आयोगले नयाँ मापदण्ड निर्माण गरेसँगै अब स्थानीय तहको सङ्ख्या न्यूनतम ५०७ देखि अधिकतम ७४४ हुने भएको छ । यसअघि आयोगले बनाएको मापदण्ड अनुसार स्थानीय तहको सङ्ख्या ५६५ हुने थियो । आयोगले शुक्रबार सार्वजनिक गरेको नयाँ मापदण्ड अनुसार हिमाली क्षेत्रमा गाउँपालिका बन्नका लागि जनसङ्ख्या १३ हजार,..

विदेश पठाउने भन्दै २ करोड ८१ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

 बैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिन्छु भन्दै लाखौ रुपैयाँ ठगी गर्ने एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रसिया, क्यानडा, युरोप, मकाउ पठाउने प्रलोभन देखाएर  ठगी  गरेको भन्दै सोलुखुम्बु तिलङघाटका ३८ वर्षीय नारायणकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो। विभिन्न देश पठाइदिने भन्दै  २२ जनासँग रकम  लिएर अलपत्र..

अख्तियारको संरक्षणमा १७ करोड घोटाला

कार्तिक ५, २०७३- नेपाली सेनाको कल्याणकारी कोषबाट सञ्चालित मेडिकल कलेजमा करिब १७ करोड रुपैयाँ अनियमितता भएको छ । ४ सय ९१ मात्रै बेड संख्या रहेको वीरेन्द्र अस्पताललाई देखाई सेनाको कलेज अफ मेडिसिनले मापदण्डविपरीत १ सय ३० सिट पाएको हो । मापदण्डअनुसार ४ सय ९१ बेड संख्याका आधारमा कलेजले ८२ सिट पाउनुपर्थ्यो। तर सैनिक स्वास्थ्य..

रेडियो धादिङको प्रसारण नरोक्न सर्वोच्चको आदेश-स्वतन्त्र संचार माध्यम विरोधि समूहलाई झट्का

रेडियो धादिङको लोकप्रियताबाट अत्तालिन पुगेको स्वतन्त्र संचार माध्यम विरोधि समूहको उक्साहटमा लागेर धादिङका वन अधिकृतले मध्यरातमा रेडियोको प्रशासनिक भवन भत्काएर त्यहाँ रहेको उपकरणहरु नष्ट गरेको झण्डै एक महिना वितेको छ । जसरि पनि रेडियो धादिङको प्रशारण वन्द गर्नुपर्ने केही व्यक्तिको ठाडो निर्देशनको पालना गर्दै शक्तिको दुरुपयोग..

भारतमा अस्पतालमा आगलागी हुँदा २३ को मृत्यु

कार्तिक २, २०७३- पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो । ‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड..

साढे ७ सय स्थानीय तह बनाउने तयारी-जनसंख्या र भूगोलको आधार घटाएर संख्या बढाइने

कार्तिक २, २०७३- सरकारले पुन:संरचनाको नयाँ मापदण्ड तोकेपछि स्थानीय तह पुन:संरचना आयोगले अब साढे ७ सय हाराहारी स्थानीय तह बनाउने गृहकार्य थालेको छ । आयोगले सरकारले तोकेको पछिल्लो मापदण्डसमेत थपेर पुन:संरचनाका आधारमा परिमार्जन गर्दै संख्या बढाउन लागेको हो । आयोग स्रोतका अनुसार सोमबार बसेको बैठकले स्थानीय तहको संख्या ७ सय ४२ तोक्ने तयारी..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories