ब्रेकिङ समाचार

हराएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जहाज म्याग्दीको दाना गाविसको  तिर्खे ढुङ्गामा भेटिएको पर्यटन मन्त्री आनन्द पोखरेलले  जानकारी दिए। भीरमा ठोक्किएर विमान दुर्घटना भएको उनले बताए। म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले भीरमा रहेका रुखमा ठोक्किएर जहाज दुर्घटना भएको बताए। '..

कटुञ्जेमा शौचालय निर्माण सम्बन्धि तालिम सम्पन्न

संगिता आले मगर, कटुञ्जे/ एक्सन नेपालको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्स (आई.एम.सी.)को सहयोगमा शौचालय निर्माण सम्बन्धि तालिम कटुञ्जे गाविसमा सम्पन्न भएको छ । स्थानीय स्तरमै दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले दिइएको तालिमबाट तयार भएका मिस्त्रिहरुले गाउँमै ३०० वटा सफा चर्पीको निर्माण गर्नेछन् । हालसम्म नीलकण्ठ नगरपालिका वडा नं. ८, ९..

पूर्व सहकारी शिक्षा तालिम सम्पन्न

संगिता आले मगर, धादिङ/ नीलकण्ठ नगरपालिका वडा नं. १० चिप्लेटिमा आज १ दिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । बाघबच्छला महिला समूहमा सम्पन्न तालिममा महिला समूहका ३५ जना सदस्यको उपस्थित रहेको थियो । एक्सन नेपाल, हेफर इन्टरनेशनल नेपाल र साविकको मुरलिभञ्ज्याङ गा.वि.स.को संयुक्त साझेदारीमा संचालित साना किसान उद्यमी सवलीकरण परियोजना..

राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टि

माघ २७, २०७२- पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ बुधबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कोइरालाको पार्थिव शरीरमा भतिजाहरु सुधांशु र अतुल कोइरालाले दागबत्ती दिए । पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृह सुरु भए पनि हिन्दू परम्पराअनुसार चितामै राखेर दाहसंस्कार गरिएको हो..

न्यानो कपडाको रकम माग्दै स्थानीय प्रशासन घेराउ

 भुकम्प पीडितहरु लाई  न्यानो कपडा खरिद गर्न सरकारले घोषणा गरेको १० हजार नगद रकम हाल सम्म नपाएको भन्दै कुम्पुर गाविसका स्थानीयवासीहरुले वुधवार स्थानीय प्रशासन घेराउ गरेका छन् । करिव १ हजार जनाको जुलुशले वुधवार दिनभर नारावाजी र स्थानीय प्रशासन घेराउ गरि अन्य गाविस सरह न्यानो कपडा खरिद गर्ने नगद राहत तत्काल उपलव्ध गराउन माग गर्दै २५..

देशभरको मौसममा बदली,चिसो बढ्यो

धादिङ । काठमाडौँ उपत्यका र आसपासका  धादिङ ,मकवानपुर नुवाकोट, रसुवा,काभ्रे लगायतका जिल्लाहरुका साथै  देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ ।धादिङ जिल्लाको उच्च भेगमा हिमपात भएको छ भने जिल्लाभर हल्का बर्षा पछि अत्याधिक चिसोको महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको..

परेवाटारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

माघ ५,  धादिङ । कालुपाण्डे मार्ग अन्र्तगत धादिङको कुम्पुर गाउँ विकास समितिको परेवाटारमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको ढोला मण्डलीमा पुजा गरेर फर्किएका यात्रुहरु चढेको ट्याक्टर दुर्घटनामा २० जना घाइते भएका हुन् । घुम्तीमा अनियन्त्रीत भइ सडकमै पल्टिदा गजुरी गाउँ विकास समिति वडा नं १ का खड्ग..

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा बोधनाथ दुवाडी

   धादिङ - तीन बर्ष अघि  सातौं अधिबेशनमा संस्थाबाट वाहिरिन पुगेका उद्यमी व्यवसायी आठौं  अधिबेशनमा आईपुग्दा पनि संस्था भित्र अटाउन सकेनन । राजनैतिक आस्थाका आधारमा सयौं उद्यमी व्यवसायीले सदस्यता लिन नपाएको आस्थाका आधारमा सदस्यहरुको नविकरण खारेज गरेको बिषयमा बिबाद बढेपछि  सातौं  अधिबेशन स्थलमै विभाजन हुन पुगेको धादिङ उद्योग..

उच्च वायुमण्डलीय न्यून चापको प्रभावले चिसो बढ्यो

काठमाडौँ, २५ पुस । उच्च वायुमण्डलीय न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भई काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगमा बढी चिसो महसुस गरिएको छ । केही दिनयता उपत्यकामा तापक्रम बढ्नुका साथै न्यानोपन महसुस गरिएपनि आज न्यूनतम तापक्रम केही घटेपछि उपत्यकामा बढी चिसो भएको छ । अघिल्लो दिनको तुलनामा शनिवार उपत्यकामा बढी चिसो महसुस..

धादिङका होटलमा दैनिक सयाैँ ग्राहक ठगिन्छन्

कर्मचारी अभावले अनुगमन गर्न सकिएको छैनः प्रजिअ  धादिङ, पुस २० -पृथ्वी राजमार्गको धादिङमा खुलेका होटलबाट दैनिक सयाैँ ग्राहकहरु ठगिने  गरेका छन्। नियामक निकायको अनुगमनको अभावमा दैनिक सयौँ ग्राहकहरु यि होटलहरुबाट ठगिने गरेका छन्। लामो दुरीमा चल्ने सवारी साधनहरुले यो क्षेत्रमा चिया, नास्ता र खाजाको लागि रोक्ने गर्छन्। तर जिल्ला होटल..

चिसो बढेपछि भूकम्प पीडित थप समस्यामा

केशव अधिकारी धादिङ,- चिसो निकै बढेपछि धादिङका भूकम्पपीडितहरु मारमा परेका छन् । भूकम्पले घर पूर्णरुपमा क्षति भएका धादिङका अधिकांश चेपाङहरुको चिसो छल्ने माध्यम नै आगो बनेको छ । धादिङको पिडा गाविस ६ स्यामे डाडाँस्थित यो गाउँ चेपाङहरुको बाक्लो बस्ती भएको ठाउँ हो । सामान्य अवस्थामा पनि आवास र खानेकुराको समस्या भोग्दै आएका यहाँका चेपाङहरु..

प्रहरीको कुटाईबाट चेपाङको हात भाँचियो

धादिङ -हिरासतमा राखिएका व्यक्तिलाई प्रहरीले निर्घात कुटपिट गरेर हांत भांचिदिएको छ । दक्षिणी धादिङको पिडा गाविस–९ गैरीगाउँका ४२ वर्षीय मंगलध्वज चेपाङको हात प्रहरीले कुटपिट गर्दा भाँचिएको हो । गाउँमा भएको झगडाका बिषयमा सोधपुछका लागि मंसिर   गते चेपाङलाई प्रहरीले गिरफ्तार गरेको थियो । गाउंबाट नियन्त्रणमा लिएपछि पटक पटक प्रहरीको कुटाई..

आर्थिक क्रान्तिका लागि नयाँ शक्ति –देवकोटा

धादिङ, २६ मंसिर । नयाँ शक्ति अभियानका अभियन्ता खिमलाल देवकोटाले मुलुकमा एकचरणको राजनीतिक क्रान्ति पूरा भएकोले अब समृद्ध नेपालका लागि आर्थिक क्रान्तिको आवश्यकता रहेको बताएका छन् । नयाँ शक्ति अभियानको धादिङमा उद्घाटन गर्दै वरिष्ठ अधिवक्ता समेत रहेका देवकोटाले सात सालदेखि यता सुरु भएको राजनीतिक क्रान्तिको एउटा चरण पूरा भएको बताए ।..

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी पक्राउ

धादिङ–अदालतबाट जेल सजायँ फैसला भए पनि फरार रहंदै आएका एक अभियुक्तलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको २०७० साल चैत २७ गतेको फैसला अनुसार १० वर्ष कैद सजाँय तोकीएपनि फरार रहेका अपराधी जिल्ला धादिङ नौविसे गा.वि.स.वडा नं.७ बस्ने वर्ष ४९ को काला राई भन्ने प्रल्हाद राईलाई निजकै घर ठेगानामा फेला पारी..

फरार अभियुक्त एक बहादुर तामाङ्ग मिलन पक्राउ

धादिङ,९ कात्तिक ः हातहतियार तथा खरखजना मुद्दा लागेपछि फरार रहँदै आएका एक युवकलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । धादिङको सत्यदेवी गाँउ विकास समितिको वडा नं.८ रापचोक बस्ने २८ वर्षका मिलन भन्ने एक बहादुर तामाङ्गलाई धादिङवेशी बजारमा लुकी छिपी गरी बसेको अवस्थामा फेला पारी शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय..

समाचार

सबै

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका.....

धादिङका एसपी फेरिए, अब धादिङको प्रहरी प्रमुखमा रविन्द्र रेग्मी

धादिङ- प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । प्रहरी प्रधान.....

Categories