धादिङ आसपास

जगंली च्याउ खाँदा डाँडापारीमा एकै परिवारका चार जना सिकिस्त

काभ्रेपलाञ्चोक-जगंली च्याउ खाँदा काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने फलामेटार गाविसमा एकै परिवारका चार जना सिकिस्त बिरामी परेका छन् । नजिकैको जंगलबाट ल्याएर मंगलबार विहान तरकारीका रुपमा आएको च्याउले गाविसको वडा नम्बर ८ मा आमासहित तीन जना छोराछोरी सिकिस्त बिरामी परेको स्थानीय सुरेन्द्र थिङले जानकारी दिनुभयो । च्याउ खाएर..

पिमलटार उच्चमाबि लाइ एक लाखको जस्ता राहत

नुवाकोट । भुकम्पका कारण ध्वस्त रहेको नुवाकोटको तारुकाको पिमलटार उच्चमाबिलाइ १ लाख रुपैयाँ बराबरको जस्तापाता राहत वितरण गरिएको छ । शुसिल श्रेष्ठ, कोषिश श्रेष्ठ एण्ड अरेन्ज काउन्टी टिम र सोफियाना एण्ड दुवाल परिवार क्यालिफोर्निया अमेरीकको सहयोगमा प्रति बण्डल ५० केजी तौलको १५ बण्डल जस्तापाता बितरण गरिएको हो । सो समुहले सिन्धुपाल्चोकका..

जोखिममा परेका बस्ती सार्न सभासद्को माग

  काठमाडौँ, - भूकम्प प्रभावित ११ जिल्लाका जोखिममा रहेका बस्ती सार्नका लागि भौगर्भिक अध्ययन गरी छिटो कार्यान्वयन गर्न सभासद्ले माग गरेका छन् । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको पुनःस्थापना र पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रभावित ११ जिल्लाका सभासद्ले सो माग गरेका हुन् । खानी तथा भूगर्भ विभागले खटाएका..

मनकामनाको केवुलकार सन्चालनमा आयो

धादिङ–जेठ २५, गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चाल्नमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भए पनि आईतवारदेखी सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन..

ब्याज छुट दिन गोरखाका व्यावसायी द्वारा माग

गोरखा– गोरखाका व्यववसायीहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको ब्याज छुट दिन माग गरेका छन् । भुकम्पबाट प्रत्यक्ष प्रभावित भएका व्यवसायीहरुलाई वित्तिय संस्थाहरुले बैशाखदेखी असारमसान्त सम्मको ब्याज छुट दिनुपर्ने उनिहरुको भनाइ छ । जिल्लाका व्यवसायीहरुको छाता संस्था गोरखा उद्योग वाणिज्य संघले सदरमुकाममा पत्रकार सम्मेलन गरि..

भूकम्पपीडितसँगै बूढीगण्डकी विस्थापितको पुनर्बासमा पहल

काठमाडौं,  – बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट विस्थापित हुने स्थानीयलाई भूकम्पपीडितसँगै पुनर्बास गराउन जिल्लास्थित राजनीतिक दल र बुद्धिजीवीले पहल थालेका छन् । “भूकम्पका कारण जिल्लाका दर्जनौं बस्तीलाई अन्यत्र सार्नुपर्ने भएको छ, आयोजना विस्थापितलाई पनि यही बेला पुनर्बासमा लैजानुपर्छ,” पूर्वप्रधानमन्त्री एवं..

राहतसँगै बूढीगण्डकीको मुआब्जा माग

आरुघाट -गत वैशाख १२ गएको विनाशकारी भूकम्पले बस्ती ध्वस्त भएपछि गोरखाको आरुघाट बजारवासीले राहतसँगै मुआब्जाको माग गरेका छन् । एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा आरुघाट बजार डुब्ने भन्दै प्रभावित गाविसवासीले घरको राहत रकमसँगै घरजग्गाको मुआब्जा मागेका हुन् । ‘आरुघाटको ६ सय घरधुरी भूकम्पले..

भूकम्पपीडित बालबालिकाका लागि , धादिङमा टेरियाको १ लाख सहयोग

रुपन्देही- डीआईडी लिटल मास्टर्स – ३ विजेता रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरले वैशाख १२ गते गएको महाभूकम्पबाट प्रभावित बनेका धादिङका बालबालिकाहरुका लागि नगद एक लाख रुपैंया सहयोग प्रदान गरेकी छिन्  ।  शनिबार टेरियासहितको टोलि धादिङबेसीस्थित भानु बाल अध्ययन केन्द्र पुगेर टेरिया फाउण्डेसनमार्फत उक्त राहत रकम धादिङका प्रमुख जिल्ला..

खाल्टेमा नारायणी जग्गा तथा आवाश व्यवसायी संघको राहत

धादिङ-  नारायणी जग्गा तथा आवाश व्यवसायी संघ चितवनले धादिङ जिल्लाको खाल्टे गाविसमा  राहत वितरण गरेको छ । भूकम्पले अति प्रभावित खाल्टे गाविसको वडा नं. ६ देउराली भिरमा पुगेर राहत वितरण गरेको हो । चामल, चिउरा, कमल, त्रिपाल लगायत झण्डै ५ लाख मूल्य बरावरको राहत सामग्री वितरण गरिएको नारायणी जग्गा तथा आवाश व्यवसायी संघका अध्यक्ष बावुराम..

टिएम फाउण्डेशन राहत सागम्री लिएर धादिङको पिपल छापमा

पोखरा, - डा. टुवराज/मुँगादेवी बास्तोला प्रतिष्ठान (टिएम फाउण्डेशन) नेपालको टोली भूकम्प पीडितको लागि राहत सामग्री लिएर शनिबार धादिङको पिपलछाप पुग्यो। प्रतिष्ठानद्वारा साविकको सुनौला बजार गाविस-८ हाल निलकण्ठ नगरपालिका-७, पिपलछाप डाँडागाउँका ४९ घर परिवारलाई राहत वितरण गरिएको थियो। राहत सामग्रीमा त्रिपाल, खाद्यवस्तु, साबुन मञ्जनलगायत..

रि गाविसबाट विस्थापित भएकाहरु पोखरामा

हरि पन्त पोखरा धादिङ जिल्लाको उत्तरी क्षेत्र रि गाविसबाट विस्थापित भएर करिब २५ घर परिवार पोखरा पुगेका छन् । वैशाख १२ गते  आएको महाभूकम्पका कारण रि गाविस वडा नं. ४, ५ र ७ पहिरोको उच्च जोखिममा परेपछि त्यहाँका स्थानीय विस्थापित भएर पोखरा पुगेकाहुन् । उनीहरु पोखराको टुँडिखेल, बगर, धारापानी क्षेत्रमा आश्रय लिएर बसेका छन् । विस्थापितहरुका..

राहत वितरण कार्यक्रममा धादिङ सम्पर्क मञ्च चितवन सक्रिय

धादिङ- सामाजिक सेवाको क्षेत्रमा निकै सक्रिय संस्था “धादिङ सम्पर्क मञ्च चितवन’’ भूकम्पबाट आपत, विपतमा परेको समयमा राहत वितरण कार्यमा पनि निकै सक्रिय देखिएको छ । मञ्चले महाभूकम्पमा आफ्नो सेवालाई प्रभावकारी बनाउन महाभूकम्प आपतकालीन राहत समिति, महाभूकम्प आपतकालीन उद्धार समिति, महाभूकम्प आपतकालीन उपचार सहयोग समिति समेत गठन गरी राहत,..

गोरखाको बुङकोटमा भुकम्पको अन्तेष्टि

गोरखा-गोरखा जिल्लाको बुङकोट ९ मैलुङका स्थानीयले भुकम्पको बारम्बारको झटकाले त्रसीत बनाएको भन्दै आज महाभुकम्पको अन्तेष्टी गरेका छन् । परालकोे पुत्ला बनाएर झण्डै ५ सय महिला पुरुष शब यात्रा गर्दे २ किलो मिटर पर लगेर भुकम्पको अन्तेष्टि गरेका हुन् । महाभुक्पको प्रतिकको रुपमा बनाइएको पुत्ला महिलाहरुले बोकेका थिए भने पुरुषहरुले एकोहोर शंख..

१५ गाविस जोड्ने बाटो पहिरोले अवरुद्ध

गोरखा, वैशाख २७ - भूकम्पसँगै मनास्लु पदमार्गमा पर्ने आरुघाट–सिर्दिवास खण्डमा खसेको पहिरोले १५ गाविस जोड्ने सडक अवरुद्ध भएको छ । दुई सातासम्म पहिरो हटाउन नसक्दा आवतजावत र अत्यावश्यक सामग्री ढुवानी गर्न अप्ठ्यारो भएको छ । लापु लिदिङको हावाडाँडादेखि उहिया तातोपानीसम्म धेरै ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय..

चेपाङलाई खाना होईन, बस्नका लागि सहयोग

पोखरा, -बनजंगलमै रमाउने चेपाङ जाति पनि विनाशकारी भुकम्पले प्रभावित बन्यो । ओत लाग्ने थलो ढल्यो । अन्नपात त मनग्गे थिएन, बासकै लागि उनीहरुको अनुरोध अनुसार सहयोगी संघसंस्था राहत संकलनमा जुटेका छन् । गत वैशाख १२ गतेको महाभुकम्पले प्रभावितहरुका लागि विदेशमा रहेका विद्यार्थीहरुले पनि राहत संकलन गरी पठाईरहेका छन् । अध्ययन तथा कामका लागि..

समाचार

सबै

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा समर्पित रहँदै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको संयोजनमा रुमाहेदि.....

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले.....

युरुङ तामाङको हत्यामा संलग्न बेनिघाटका झ्याप्ले पक्राउ

 धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का २५ वर्षीय झ्याप्ले भनिने कमल विक हत्या अभियोगमा पक्राउ परेका छन्.....

Categories