घटना /दुर्घटना/ अपराध

लागुऔषध सहित थानकोटबाट दुई जना पक्राउ

 राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा हुंदै बसमा काठमाण्डौं जांदै गरेका दुई जना अबैध लागू औषध सहित पक्राउ परेका छन । महानगरीय प्रहरी प्रभाग थानकोटले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । । उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ११९८ नम्बरको बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७७६ नम्बरको बस प्रभागबाट खटिएको टोलीले..

डिभोर्स गरेलगत्तै श्रीमानले काटिदिए श्रीमतीको जिब्रो

(एजेन्सी)कसैको रिस निकै कडा हुन्छ । ठूलै ताण्डव मच्चाएर भए पनि त्यस्ता व्यक्तिहरू रिस मार्न पछि पर्दैनन् । पाकिस्तानमा एकजना पुरुषलाई आफ्नी श्रीमतीसँग डिभोर्स गरेपछि पनि रिस मरेन । उनले डिभोर्स गरेलगत्तै आफ्नी पूर्वपत्नीको जिब्रो काटिदिएका छन् । लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले पत्नीलाई तलाक दिएसँगै उनीमाथि..

खनियाबासको विभिन्न स्थानबाट १६ थान अबैध भरुवा वन्दुक प्रहरीलाई बुझाईयो

धादिङ,२२ चैत - धादिङको खनियाबास गाउँपालिकाको विभिन्न स्थानबाट एकै पटक १६ थान अबैध वन्दुक प्रहरीलाई बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रवार पत्रकार सम्मेलन गरी अवैध बन्दुक सार्वजनिक गरेको हो । नेपाल सरकारले गएको फागुन २१ गतेको निर्णयबाट देशभर अबैध हातहतियार र खरखजाना प्रहरी प्रशासन समक्ष बुझाउन दिएको निर्देशन अनुसार..

भिनाजुसँग घरजम जोड्न श्रीमानको हत्या

बुटवल– बुटवलमा एक साता अघि भएको हत्यामा मृतककै श्रीमतीको संलग्नता देखिएको प्रहरी अनुन्धानले देखाएको छ । भिनाजुसँगको प्रेम झाँगिदै गएपछि ३२ वर्षीया साहिन खानले भारत बेतियाका ४२ वर्षीय भिनाजु साधिर हुसेनलाई बोलाएर श्रीमानको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको रुपन्देही जिल्ला प्रहरी जानकारी दिएको छ । गएको बुधबार साँझ..

फेसबुकमा अमर्यादित फोटो पोष्ट गर्ने दुई जना पक्राउ

काठमाडौं । राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्विरको दुरुपयोग गर्दै आपत्तिजनक शव्दहरु लेखेर सामाजिक संजालमा पोष्ट गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटेको टोलीले सामाजिक संजाल फेसबुक मार्फत राष्ट्रपति तथा प्रधानमन्त्रीको बिषयमा अत्यन्त अमर्यादित, अशोभनिय देखिने तस्विर पोष्ट गरी..

मुग्लिन नजिकै दुर्घटनामा परेर ज्यामरुङका राजन धमलाको मृत्यु

धादिङ,१८ चैत - पृथ्वी लोकमार्गमा पर्ने मलेखु मुग्लिन सडक खण्डमा सोमबार विहान साँढे सात वजे तिर भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । पृथ्वी लोकमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट परीक्षा केन्द्र कुरिनटार तर्फ आउँदै गरेको..

नोट भन्दै कागजको विटो देखाएर ठगि गर्ने गिरोह गल्छीबाट समातिए

धादिङ -  धादिङको गल्छीबाट प्रहरीले ठगि गर्दै हिंड्ने गिरोहका पाँज जनालाई स्कारपियो जिप सहित पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरु नेपाली नोटको साईजमा कागज काटी त्यस्को तल माथि नोट राखेर भित्र कागजलाई नोट भनि ठगि गर्ने गिरोह भएको प्रहरीले जनाएको छ । काठमाण्डौंबाट पृथ्वी राजमार्ग हुंदै गल्छी आएर नुवाकोट तर्फ जान लागेको बा १४ च ६३६७..

मलेशियन नागरिकको कुटाईबाट मैदीका मर्कुस तामाङको मृत्यु

धादिङ, १३ चैत्र । बैदेशिक रोजगारीका लागि मलेसिया गएका धादिङका एक युवकको मलेशियन नागरिकको कुटाईबाट मृत्यु भएको छ । धादिङको ज्वालामुखि २ मैदी काफलपानी घर भएका का मर्कुस तामाङको मलेसियामा मृत्यु भएको हो । तामाङ ५ वर्षअघि देखि रोजगारीको सिलसिलामा मलेशियामा रहँदै आएका थिए । तामाङलाई शुक्रबार राती मलेशियन नागरिकले निर्घात कुटपीट गरि घाईते..

बान्द्रेको ढुंगाखानी अबैध ठहर, वन्द गर्न बन कार्यालयको निर्देशन

धादिङ । अबैध रुपमा संचालनमा आएको भन्दै सर्वत्र विरोध भईरहेको धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको खाल्टेखोला सामुदायिक वन भित्रको बान्दे्र ढुंगाखानी तत्काल बन्द गर्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठका छोरा दिलिप श्रेष्ठले गलत तथ्याङक दिएर खानी विभागबाट ढुंगाखानी दर्ता..

केउरिनीकोे पक्की पुल हावाहुरीले ढाल्यो कि अनियमितताले ?

धादिङ- हावाहुरीका कारण निर्माणाधिन अवस्थामा रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ र धादिङको गल्छी गाउँपालिका वडा नं १ फोस्रेटार जोड्ने त्रिशुलीनदी माथीको पक्की पुल भत्किएको छ । मोटर चल्ने पक्कि पुल त्यो पनि बनाउँदा बनाउँदै हावाहुरीका कारण भत्किएको भन्दा धेरैले नपत्याउन पनि सक्छन् । विश्वास नलागेपनि यस्तै अपत्यारिलो घट्नाले..

‘विप्लव समूहलाई चन्दा दिए सिधै कारबाही’

काठमाडौं - गतिविधिमा प्रतिवन्ध लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न सरकारले आग्रह गरेको छ। सरकारले विप्लव समूहको गतिविधि राजनैतिक नभई अपराधि कार्य तर्फ अघि बढेको भन्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा..

मोटरसाईकल चोरी गर्ने तीन जना धादिङमा पक्राउ

धादिङ,१० चैत - देशका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई पक्राउ गरी उनिहरुले चोरी गरेको मोटरसाईकल सहित धादिङ प्रहरीले आईतबार सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का २८ बर्षका किप्पा तामाङ, सोही ठाउँका २५ बर्षका संजय लामा र धादिङ खनियाबास..

एक सय ६४ केजी चरेश सहित गजुरीबाट एक भारतीय नागरिक पक्राउ

धादिङ , ८ चैत- धादिङको पृथ्वीराजमार्ग स्थित गजुरी हुंदै अबैध रुपमा ओसार पसार हुंद आएको अबैध लागु औषध चरेश नियन्त्रणमा प्रहरीले अभियान संचालन गरेको छ । प्रहरीले शुक्रवार विहान ४ वजे तिर धादिङको गजुरी वजारबाट १६४ किलोग्राम अबैध लागु औषध चरेस सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पृथ्वी राजमार्गमा नियमित चेक जाँचका क्रममा प्रहरीले..

धादिङमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

वेनिघाटरोराङ-धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नं ५ मा पर्ने पृथ्वीराजमार्गको गौमतीखोला पुल नजिकै मंगलबार राती सवा ९ वजे तिर  भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको प्रहरीले..

त्रिपुरासुन्दरीको तिलारमा दुर्घटना , एकको मृत्यु चार घाईते

धादिङ,४ चैत -  धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ तिलारमा मिनिट्रक पल्टिंदा एक जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन । त्रिपुरासुन्दरी गाउँपालिकाको खहरेबाट ढुंगा बोकेर कार्कीगाँउतर्फ जादै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनिट्रक (आईचर) सोमबार विहान साँढे १० वजे तिर सडकबाट एक्कासी अन्दाजी १५ मिटर तल खस्न गई दुर्घटना..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories