
डण्डीवियो खेलेर पचास हजार नगद पुरस्कार जित्यो अमरावतीले
धादिङ- प्रतियोगिताको आयोजना भए देखि धेरैले निकै चासो देखाएको र सर्वत्र चर्चा कमाएको धादिङ जिल्लास्तरीय अन्तर मावि डण्डीवियो प्रतियोगिता सम्पन्न भएको छ । पचास हजार राशी पुरस्कार रहेको जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता अमरावती माध्यमिक बिद्यालय मैदीले जितेको छ । डण्डीबियो प्रतियोगिता जिल्लामा पहिलो पटक आयोजना गरिएको हो । धादिङ..