नेत्रावती डवजोङ गाउँपालिका

‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’

काठमाडौं : 'गाउँमा गाउँमा सिंह दरवार"नामाकरण गरिएको स्थानीय तह स्थापनाको छोटोसमयमै 'गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार' भन्ने नाराले सार्थकता पाउन थालेको छ । अधिकार सम्पन्न भएका कारण अन्य निकाय सँग धेरै सरोकार राख्न समेत छाडेका स्थानीय तहले मनोमानी गर्दा भ्रष्टाचार मौलाएको हो । स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ..

बुढीगण्डकीको विजुली बितरण गर्न नौबिसे र हेटौँडामा सवस्टेशन निर्माण गरिने

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माण हुन नदिन विभिन्न पक्षले नकारात्मक भुमिका निर्वाह गरिरहेको बेला सरकारले यस आयोजनाबाट उत्पादित बिद्युत्त वितरणका लागि चाहिने पुर्वाधार तयारी थालेको छ । बूढीगण्डकी आयोजनाबाट उत्पादित बिद्यु्त्त लाइन बिस्तारका लागि राजधानी नजिकै रहेको धादिङको नौविसे र राजधानीको..

शहीद दिवस : प्रदेश ३ मा सार्वजनिक बिदा

हेटौँडा : प्रदेश ३ सरकारले शहीद दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालय, स्थानीय तहहरुमा विदा लागु हुनेछ भने संघीय सरकार मातहतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा भने विदा लागु नहुने भएको छ ।  शहीद प्रतिमामा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु सहभागी हुने कार्यतालिका रहेको छ।  प्रदेश ३ सरकारको..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

झुक्याएर अनुदान लिनेलाई कारवाही हुन्छ– ज्ञवाली

धादिङ,११ माघ- भुकम्प पिडितको नाममा दोहोरो सुविधा लिने र फर्जि बिबरण दिएर सुविधा लिनेहरुको पहिचान गर्न स्थानीय तह संग मिलेर समस्या समाधनको पहल भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वताएका छन् । प्राधिकरण तथा कुनै पनि सरकारी निकाय संग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पिडितहरुको..

बूढीगण्डकीको मुआब्जा वितरण प्रभावित

- रमेश लम्साल काठमाडौं । कर्मचारीको अभावमा बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या देखिएको छ । आयोजना प्रभावित धादिङ र गोरखाका जिल्ला मालपोत र नापी कार्यालयमा आवश्यक जनशक्तिको अभाव देखिएको छ । दैनिक कामसमेत सम्पादन गर्नुपर्ने र आयोजनाको कामसमेत सम्पन्न गर्नुपर्ने भएकाले मुआब्जा वितरणमा समस्या हुन गएको हो । यस्तै..

बूढीगण्डकी आयोजनाद्वारा १९ अर्ब मुअब्जा वितरण

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ । आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । चालू आवमा मात्रै चार अर्बभन्दा..

धादिङमा डण्डीबियो प्रतियोगिता हुने

धादिङ । धादिङमा विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले..

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता

- धादिङ न्यूज धादिङ। धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढीगण्डकी नदीमा निर्माण हुन लागेको बहुचर्चित १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिन सरकारले प्रक्रिया अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकीको काम अघि बढाउन चाइना गेजुवा ग्रुप लिमिटेडसँग छलफल थालेको हो..

धादिङमा १४ सय १९ वर्ष कैद र तीन करोड ४० लाख ८९ हजार जरिवाना भुक्तान हुन बाँकी

धादिङ जिल्लामा विभिन्न अपराधमा अभियोग लागेकाबाट १४ सय १९ वर्ष ४ महीना १२ दिन कैद र तीन करोड  ४० लाख ८९ हजार ९ सय २० रुपैयाँ ६९ पैसा जरिवाना भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत धादिङले जनाएको छ । विभिन्न अभियोग लागेर कैद सजायँ पाएका र जरिवाना तिर्नुपर्ने फैसला भएकाहरुको बक्यौता फर्छयौटका लागि अदालतले धादिङ जिल्लाका १३ वटै स्थानीय तह,..

पत्रकार महासंघ धादिङको २० औं बार्षिक साधारण सभा,धादिङका तीन पत्रकार पुरस्कृत,

धादिङ,२५ मंसीर - धादिङ जिल्लामा लामो समय देखि पत्रकारितामा कृयाशिल तीन जना सक्रिय पत्रकारहरु पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको मंगलवार धादिङबेसीमा सम्पन्न २० औं बार्षिक साधारण सभाको अवसर पारेर तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ धादिङद्धारा स्थापना गरिएको विकास पत्रकारिता..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

सम्वन्ध विच्छेदमा बैदेशिक रोजगार मुख्य कारक बन्दै

धादिङ ,२१ मंसीर - नयाँ मुलुकी ऐन लागू भएपछि अहिले सम्म धादिङ जिल्ला अदालतमा पारपाचुकेका ९४ वटा मुद्दा परेका छन । सम्वन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदैछ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, सामाजिक र जात विशेष मात्र नभै वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन् । जिल्ला अदालतमा..

बूढीगण्डकी आयोजनाको मुआब्जामा कर नलगाउन प्रभावितको आग्रह

काठमाडौं । आयोजना प्रभावितलाई दिइने मुआब्जामा कर नलगाउन बूढीगण्डकी जलविद्युत् आयोजना (१२०० मेवा) प्रभावितले आग्रह गरेका छन् । आयोजनाका सरोकारवाला पक्षहरूबीच भएको छलफलका क्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन् । खरीद गरेको ५ वर्षभन्दा कम अवधिमा जग्गा बेच्दा भएको नाफाको ५ प्रतिशत र ५ वर्ष कटेको भए २ दशमलव ५ प्रतिशत पूँजीगत लाभ कर..

घलेजातीको नयाँबर्ष माघ १ गते,धादिङमा केन्द्रीय ल्होसार मनाइने

धादिङ १५ मंसिर –देशभरी छरिएर रहेका घले जातीको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापना भएको लि:ल फङ (घले समाज)को आयोजनामा आगामी माघ १ गते घलेहरुको नयाँ बर्ष (ल्होसार) केन्द्रीय कार्यक्रमका रुपमा धादिङमा मनाइने भएको छ । लि : ल फङ (घले समाज) केन्द्रिय समितिले शनिवार धादिङबेसीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते  ल्होसार कार्यक्रम हुन..

समाचार

सबै

धादिङका छैटौ व्यक्तिमा कोरोना सकंम्रण

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुषलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेर आरडिटी.....

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न.....

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

Categories