गजुरी गाउँपालिका

धादिङ रिचोकटारमा पाँच बर्षिय बालकको हत्या

धादिङ - धारिलो हतियार प्रयोग गरेर धादिङको बेनीघाट रोराङ्ग गाँउपालिका वडा नम्बर–३ रिचोकटारमा एक बालकको हत्या गरिएको छ । पाँच वर्षको आयुस सार्कीलाई निजकै काका सिताराम सार्कीले आईतबार सांझपख घरमा नै खेली रहेको अवस्थामा धारिलो हतीयारको प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।बालकको हत्या पछि सिताराम फरार रहेकाले हत्यामा उनको संलग्नता..

हाडनाता र गर्भवती बलात्कार गर्नेलाई १५ वर्ष कैदको फैसला

धादिङ ४ असार  :   १५ वर्षीया बालिकालाई गर्भवती अबस्थामा हाडनाता करणी समेत गरेकोले बेनिघाट रोराङ गाउँपालिका–५ का २० वर्षीय कपिल सुनार वि.क. लाई जिल्ला अदालतले ०७५ असार ४ गते १५ वर्ष कैद गरि अभियुक्तबाट २५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ । जिल्ला न्यायधिस उमेश कोइरालाको इजलासले अभियुक्त वि.क. लाई १५ वर्ष कैद गर्दै क्षति पूर्ति दिन आदेश..

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ । ..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

मासखर्कका चेपाङ बिद्यार्थीलाई बिद्यालय पोशाक सहयोग

धादिङ जिल्लाको वेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ मासखर्कमा रहेको पन्चकन्या आधारभुत बिद्यालयका ५० जना बिद्यार्थीहरुलाई विद्द्यालय पोषाक बितरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमान्डु प्रभु आर टि को सहयोगमा अति विपन्न चेपाङ बालबालिकाहरुको लागि बिद्यालय पोषाक बितरण गरिएको हो । लायन्स क्लब अफ काठमान्डु प्रभु आर टी का..

जोगीमारा तिक्राङबाट त्रिशूलीमा ट्रक खस्दा २ जना बेपत्ता, १ घाइते

धादिङ जिल्लामा पर्ने  पृथ्वीराजमार्ग अन्तरगत बेनीघाट रोराङ गाउँपालिकाको जोगीमारा तिक्राङखानीबाट मालवाहक ट्रक त्रिशूली नदीमा  खस्दा  दुर्इ जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन्। सिमेन्ट बोकेर भैरहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ५ ख ३४१५ नम्बरको ट्रक गए राती १ वजे तिर जोगीमारा तिक्राङखानीबाट त्रिशूली नदीमा खसेको थियो ।..

जोगिमाराको तिक्राङ्ग खानीबाट त्रिशूली नदीमा ट्रक खस्यो , दुई जना बेपत्ता

धादिङ,२६ जेठ -धादिङ जिल्लामा पर्ने बेनिघाट रोराङ गाउँपालिकाको तिकराङ स्थित पृथ्वी राजमार्गमा गए राती भएको सवारी दुर्घटनामा परी दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा एक जना घाईते भएका छन् । भैरहवाबाट काठमाण्डौ सिमेन्ट ल्याउदै गरेको मालवाहक ट्रक बेनिघाट रोराङ्गगाँउपालिका स्थित जोगीमाराको तिक्राङ्ग खानी भन्ने ठाँउबाट राती १ वजे तिर..

राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक..

धादिङको त्रिपुरासुन्दरीमा मेगा बैंकको शाखा विस्तार

धादिङ- मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ। बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र रौतामाईको मुर्कुचेमा शाखा विस्तार गरेको हो। धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ। यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार..

३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् । अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

लालपुर्जा नहुंदा चेपाङले घर बनाउन पाएनन्

बेनीघाटरोराङ-भूकम्प पश्चातको आवास पुनर्निर्माण लाभग्राही सूचीमा नाम नपरेर घर बनाउन नपाएको कुरा त पुरानै हो । आवास पुनर्निर्माण सूचीमा नाम भएर पनि घर बनाउन नपाएको समस्या आएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ (साविक महादेस्थान गाविस वडा नं. २ र ३) पार्लाक, बाङकुर्ती र भैंसे गाउँका चेपाङ समुदाय यस्तो समस्यामा परेका हुन्..

शनिबार त्रिशूली नदीमा जलयात्रा उत्सव हुने

धादिङ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) बिहीबार पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा र्याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रर्वधन..

गजुरी र बेनिघाटबाट ५५ सय लिटर अवैध मदिरा नष्ट

इलाका प्रहरी कार्यालय गजुरी धादिङले अबैध मदिरा नष्ट अभियान सञ्चालन गरेको छ । जेठ १० गत विहीबार विहान ०५ बजेको समयमा जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रातमाटे स्थित झोलुङ्गे पुलमा बिक्रीका लागि लैजान लागिएको अवस्थामा प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । प्रहरी चौकी मलेखुका प्रहरी सहायक निरीक्षक..

समाचार

सबै

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुने धादिङ.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि.....

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ.....

Categories