गल्छी गाउँपालिका

जलयात्राको गन्तव्य त्रिशूली नदी

केशव अधिकारी धादिङ, ७ चैत - एक दशक अघि देखि धमिलो हुंदै गएको त्रिशूली नदीमा सफा पानी बग्न सुरु भएसंगै ¥याफ्टिङ्ग गर्ने पर्यटकहरु आउन थालेका छन् । नेपालमा जलयात्राको प्रारम्भ सन १९६० मा त्रिशूली नदीको महेश दोभानबाट भएको इतिहास छ । त्यतिबेला गोराहरूले नेपाल आएर पोखरा, लुम्विनि घुम्न जानेक्रममा क्रममा पहिलो व्यवसायिक जलयात्रा त्रिशूली..

क्रसर र फिरफिरेका लागि तोकियो नयाँ मापदण्ड-मापदण्ड नमान्नेलाई कालोसूचीमा राखिने

केशव अधिकारी धादिङ,६ चैत - त्रिशुली नदी आसपास र पृथ्वीराजमार्ग छेउछाउमा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बालुवा प्रशोधन केन्द्र फिरफिरे सञ्चालनका लागि जिल्ला तहमा नयाँ मापदण्ड कायम गरिएको छ । त्रिशूली नदीलाई स्वच्छ र सफा बनाउने अभियान अन्र्तगत जिल्लामा संचालनमा रहेका क्रसर उद्योग, ढुङ्गा÷बालुवा खानी, स्थानीय बालुवा धुने..

क्याम्पसमा प्रजनन स्वास्थ्यका बिषयमा छलफल

बैरेनी-क्याम्पसमा अध्यननरत बिद्यार्थीहरुलाई प्रजनन स्वास्थ्यका बिषयमा आधारभूत जानकारी गराउने उद्देश्यले नमूना वागेश्वरी बहुमुखी क्याम्पस बैरेनीमा अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रजनन स्वास्थ्य सम्वन्धि समस्या, समाधान र निराकरणका लागि गर्न सकिने उपायका बिषयमा छलफल गरिएको थियो । नमूना यूवा..

बसकोे ठक्करबाट नारायण खतिवडाको मृत्यु

सिम्ले २८ फागुन : धादिङको थाक्रे गाउँपालिकामा पर्ने सिम्लेको नमस्ते होटल नजिकै पृथ्वीराजमार्गमा   बसकोे ठक्करबाट एक जनाको जनाको ज्यान गएको छ । काठमाडौबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ३१७७ नम्बरको बसले सोमबार दिउसो ठक्कर दिंदा गल्छी गाउँपालिका वडा नं २, बस्ने ४५ बर्षिय नारायण खतिवडाको मृत्यु भएको  बैरेनी प्रहरी चौकीले जनाएको छ । बसको..

अवैधानिक रुपमा सञ्चालित धादिङका क्रसर र बालुवा खानी बन्द गरिदैं, उद्योगमा विद्युत् लाइन काटियो

स्थानीय प्रशासनले अवैधानिक रुपमा सञ्चालित धादिङका क्रसर र बालुवा खानीे बन्द गर्न सुरु गरेको छ । पहिलो चरणमा स्थानीय प्रशासनले बालुवा प्रशोधनका लागि राखिएका जिल्लाभरीका सबै फिरफिरे उद्योगको विद्युत् लाइन काटिदिएको छ ।  धादिङ जिल्लामा सञ्चालित क्रसर र वालुवा धुने फिरफिरेको बिद्युत्त लाइन काटिएको छ । जिल्ला भित्र संचालित क्रसर र..

क्रसर र बालुवा उद्योग अनुगमन, ४२ उद्योगको विद्युत् काटियो

धादिङ — पृथ्वी राजमार्गवरपर सञ्चालन गरिएका अधिकांश क्रसर र बालुवा धुने उद्योग फर्जी कागजात र मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । जिल्लास्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले मंगलबार दिनभर गरेको अनुगमनमा अधिकांश उद्योग मापदण्डविपरीत सञ्चालन भएका पाइएको हो कान्तिपुर दैनिकमा समाचार छ । अनुगमनका क्रममा अधिकांश..

गोगनपानीमा गुणस्तरीय शिक्षाका बिषयमा छलफल

विद्यालयमा गुणस्तरीय शिक्षाका लागि उपयुक्त शैक्षिक वाताबरण निर्माण गर्न गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको गोगनपानी आधारभूत बिद्यालय र बिद्यार्थीको सवाल बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तरगत आयोजना..

डढेलोले आँपखोला गाउँमा खानेपानीको हाहाकार

गल्छी, - जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ आँपखोला गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँ नजिकैको अँधेरीखोला सामुदायिक वनमा फागुन २० गते देखि लागेको डढेलोले १ हजार मिटर पाइप जलेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो । डढेलोका कारण पाइप जलेपछि आँपखोलामा २० घरपरिवार खानेपानीबाट वञ्चित भएको स्थानीय..

प्याब्सन धादिङको नवौं साधारण सभा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

गल्छी - धादिङ जिल्ला भित्र रहेका निजी तथा आवासीय बिद्यालयहरुको छाता संगठन प्याब्सन धादिङको ९ औं साधारण सभा शुक्रवार सम्पन्न भएको छ । प्याब्सनका केन्द्रिय अध्यक्ष विजय साम्बाहम्फेको प्रमुख आतिथ्यमा गल्छी गाउँपालिकाको बैरैनीमा सम्पन्न भएको साधारणसभाको अवसरमा ग्लोबल यूनाइटेड बोर्डिङ स्कुल सल्यानटारका संस्थापक अध्यक्ष प्रेमकुमार..

रेडक्रस उपशाखा बैरेनीको सभापतिमा केशव अधिकारी निर्वाचित

बैरेनी - नेपाल रेडक्रस सोसाईटी बैरेनी उपशाखाको नयाँ नेत्तृत्वको चयन भएको छ । फागुन ११ गते शुक्रवार बैरेनीमा सम्पन्न भएको उपशाखाको छैटौं अधिबेशन तथा १६ औं साधारणबाट   केशव अधिकारीको सभापतित्वमा आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।अधिकारी रेडक्रस बैरेनी उपशाखाका संस्थापक सहसचिव हुनुहुन्छ ।  सर्वसम्मत रुपमा चयन गरिएको..

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद गरेको छ । वोराभित्र टेलिभिजनको कार्टुन जस्तो बनाएर प्याक गरी बोकेर हिडिरहेको अवस्थामा प्रहरीले भेटेपछि वोरा फ्याँकेर भाग्न खोज्दा शंका लागि खानतलास गर्दा ३ किलो चरेश सहित दुई जना पक्राउ परेको बैरेनी प्रहरी चौकीले जनाएको छ..

बाम गठवन्धन हुंदैन कि भन्ने शंका नगर्न मन्त्री जमकट्टेलको आग्रह

गल्छी-नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच हुने पार्टी एकतामा कुनै शंका उपशंका नगर्न नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य शालिकराम जमकट्टेलले आग्रह गर्नु भएको छ । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गल्छी गाउँपालिकामा आउनु भएका मन्त्री जमकट्टेलले धादिङ न्यूज संग कुराकानी गर्दै..

धादिङको गजुरीबाट एक सय ६८ किलो चरेश बरामद- गल्छीका ४ जना पक्राउ

धादिङ, २१,माघ ः धादिङ जिल्ला बाट लागु औषध चरेश तथा गाँजाको ओसार पसार बढ्दै गएपछि त्यस्को नियन्त्रणमा प्रहरी प्रशासनले कडाई गर्दै विभिन्न अभियान संचालन गरेपनि नियन्त्रण भने हुन सकेको छैन । ओसार पसारमा संलग्न व्यक्तिहरु पक्राउ गर्दै कानूनी कारवाहीका लागि प्रहरीले चलाएको अभियान संगै चरेश तथा गाँजाको तस्करी गर्नेहरु पनि नयाँ नयाँ रुट..

त्रिशूली बचाउन प्रशासनको पुर्ण समर्थन हुन्छ : प्रजिअ भण्डारी

 धादिङ - त्रिशूली  बचाउन धादिङ जिल्ला प्रशासनको पुर्ण समर्थन रहने धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार  घाटबेशिमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रजिअ भण्डारीले पछिल्लो समय त्रिशूली  नदी धमिलो बन्दै गएको र यसको संरक्षण गर्न आफुले कुनै कसर बाकी नराख्ने..

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर विद्युत्त लाइन जडान गर्ने, उद्योग दर्ताका लागि एउटा ठाउँको लालपुर्जा देखाएर अर्कै ठाउँमा उद्योग स्थापना गर्ने गरेको भन्दै शुक्रवार धादिङका..

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories