गल्छी गाउँपालिका

राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न स्थानीय तहलाई निर्देशन

वैशाख २४, काठमाडौं । देशभरका सबै स्थानीय तहलाई राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गर्ने मापदण्ड २०७५’ अनुसार आयोजना छनोट गर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत केशवराज सुवेदीले..

क्रसर र बालुवा धुने उद्योगप्रति अख्तियारले देखायो चासो

धादिङ।  अबैध रुपमा संचालन भईरहेका क्रसर र बालुवा धुने  ‘वास' उद्योग प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगले राजधानी काठमाडौं उपत्यकासहित छिमेकी जिल्लाहरु  धादिङ, नुवाकोट,ललितपुर,काभ्रे, मकवानपुर, सिन्धु्पाल्चोक लगायतका आठ जिल्लाको क्रसर र बालुवा धुने ‘वास’ उद्योगप्रति विशेष चासो लिँदै तत्काल अनुगमन गरी..

बाहुनपलाङमा किसानलाई मकै र तरकारीको विउ बितरण

गल्छी (बाहुनपलाङ)। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का कृषकलाई मकैको बिउ तथा तरकारीको विउ विजन वितरण गरिएको छ । गल्छी गाउँपालिकाको ८ वटै वडाका किसानहरुलाई मकैको बिउ तथा तरकारीको विउ विजन बितरण गर्ने कार्यक्रम अन्तरगत बुधवार वडा नम्बर ६ को बाहुनपलाङमा मकैको बिउ र तरकारीको विउ विजन बितरण गरिएको हो । परम्परागत खेती प्रणालीलाई सुधार..

बेल्खुमा दुर्घटना,गुर्जुधाराका दुई युवकको मृत्यु

धादिङ,१८ बैशाख - दुईवटा सवारी साधन एकआपसमा ठोक्किएर छटपटाईरहेका घाईतेलाई उठाउन नभ्याउँदै अर्को सवारी साधनले पेलिदिंदा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको बेल्खुमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिकाको गुर्जुधारा बस्ने बर्ष २९का राज महर्जन र..

बेल्खुमा दुर्घटना दुई जनाको मृत्यु (थप बिबरण आउन बाँकी )

धादिङ,१८ बैशाख - दुईवटा सवारी साधन एकआपसमा ठोक्किएर छटपटाईरहेका यात्रुलाई अर्को सवारी साधनले किच्दा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको बेल्खुमा दुई जनाको ज्यान गएको छ । मुग्लिन तर्फबाट काठमाण्डौँ जांदैै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाईकल, काठमाण्डौँबाट नवलपरासी तर्फ जाँदै गरेको बा ४ ख ९१०३ को माईक्रोबसमा..

गोगनपानीमा एक दिने घुम्ती शिबिर सम्पन्न

  गोगनपानी- धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानीमा जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र बितरणका लागी बैशाख १७ गते मंगलबार एक दिने घुम्ती शिबिर सम्पन्न भएको छ ।गल्छी गाउँपालिकाको आयोजनामा भएको घुम्ति शिविरमा १२२ जनालाई जेष्ठ नागरिक परिचय पत्र, १० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गल्छी गाउँपालिका वडा नम्बर ८ का वडा..

गल्छीमा ५१ प्रिन्ट रगत संकलन

धादिङ,१७ बैशाख - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १३० औं अन्तरराष्ट्रिय मजदुर दिवसको अवसर पारेर गल्छी गाउँपालिकाको आयोजनामा मंगलबार बैरनी स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगतको अभावलाई न्यूनिकरण गर्न सहयोग पु¥याउने उद्धेश्यले मजदुर दिवसको अवसर पारेर आयोजना गरिएको..

राहुडाँडामा कृषकलाई मकै र तरकारीको विउ वितरण

गल्छी । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का कृषकलाई मकैको बिउ तथा तरकारीको विउ विजन वितरण गरिएको छ । गल्छी गाउँपालिकाको ८ वटै वडाका किसानहरुलाई मकैको बिउ तथा तरकारीको विउ विजन बितरण गर्ने कार्यक्रम अन्तरगत सोमवार वडा नम्बर ६ को राहुडाँडामा बितरण गरिएको हो । परम्परागत खेती प्रणालीलाई सुधार गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले..

गल्छी गाउँपालिकाको भुत्याहामा घुम्ति शिविर संचालन

गल्छी-गल्छी गाउँपालिकाले गाउँ गाउँमा पुगेर समुदायका बिचमा विभिन्न किसिमका सेवाहरु प्रवाह गर्ने उद्धेश्यले घुम्ति शिविर कार्यक्रम संचालन गरेको छ । अभियानको रुपमा संचालित शिविर शनिवार गल्छी गाउँपालिकाका वडा नम्बर २ को भुत्यहामा सम्पन्न भएको छ । गाउँपालिकाले विभिन्न वडाहरुमा पुगेर अपाङ्गता भएका र जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण..

गल्छी गाउँपालिकाको गाउँ गाउँमा घुम्ति शिविर

आमडाँडा- समुदायमा पुगेर विभिन्न किसिमका सेवाहरु प्रवाह गर्ने उद्धेश्यले सञ्चालित घुम्ति शिविर कार्यक्रम शुक्रवार गल्छी गाउँपालिकाका वडा नम्बर ३ आमडाँडामा सम्पन्न भएको छ । गाउँपालिकाले विभिन्न वडाहरुमा पुगेर अपाङ्गता भएका र जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण गर्ने तथा पशु स्वास्थ्य उपचार र विउविजन वितरणका लागि सहित घुम्ती शिबिर..

पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएको घोाषणा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गाउँ गाउँमा खटिएका अस्थायी इन्जिनियरहरुले काम रोकिंदिंदा भुकम्प पिडितहरु मर्कामा परेका छन । भूकम्प प्रभावित क्षेत्रमा खटाइएको अस्थायी प्राविधिकहरुले सरकारले सम्झौताअनुसार सेवा सुविधा..

गाउँबस्तीमै अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र वितरण

कल्लेरी । गाउँगाउँमा सिहदरवारको नारालाई सार्थकता दिन धादिङको गल्छि गाउँपालिकाले गाउँबस्तीमै पुगेर घुम्ति शिविर मार्फत अपाङ्गता तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण गरेको छ । चालु आर्थिक बर्षको निति तथा कार्यक्रम अन्र्तगत यो बर्षको पहिलो शिबिर विहिवार गल्छि गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय डुम्रीचौरबाट शुरु गरिएको छ ।..

स्थानीय तहमा जथाभावी खर्च , सबै खर्चको विवरण खोज्दै संघीय सरकार

काठमाडौ । स्थानीय तहले जथाभावी खर्च गरेको पाइएपछि केन्द्रिय सरकारले सबै खर्चको विवरण माग्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटा स्थानीय तहसँग सबैखाले खर्चको विवरण र त्यसको उपलब्धि माग्ने भएको हो । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अब ७ सय ५३ वटै स्थानीय तहसँग खर्च र त्यसको उपलब्धिको विवरण..

भूकम्प प्रभावितका २० प्रतिशतले घर बनाउन सूरु नै गरेनन्

काठमाडौं १० वैशाख । भूकम्प गएको ९ महिनापछि काम सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको दावी गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अनुदान सम्झौंता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवारमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७..

बन्चरेडाँडामा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग बनाउन पौने १२ करोड निकासा

धादिङ,– धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरेडाँडालाई ल्याण्डफिल्ड साईड बनाउन त्यहाँ सम्म् पुग्ने पहुंच मार्ग निर्माणका लागि सरकारले वजेटको व्यवस्था गरेको छ । सरकारले बन्चरे डाँडा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग निर्माण गर्न ११ करोड ७९ लाख रुपैयाँ रकमान्तर गरेको छ । कहिले स्थानीयका कारण त कहिले अन्य कारणले चर्चामा आउने..

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories